arrow

हुम्लाको उच्च भेगमा हिमपात शुरु, जनजीवन र हवाई उडान प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
snow-humla-2081.jpg

सिमकोट (हुम्ला)। हुम्ला जिल्लाको उच्च भेगमा सोमबार साँझदेखि हिमपात शुरु भएको छ, जसले गर्दा त्यहाँको जनजीवन प्रभावित बनेको छ।

सोमबार दिउँसो हल्का वर्षा भएपछि आज (मंगलबार) बिहान हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमी लगायतका उच्च भेगमा हिमपात भएको हो। स्थानीय सोनाम ग्याल्जेन लामाले हिमपातसँगै हिल्सामा अत्यधिक चिसो बढेको बताए। सिमकोट गाउँपालिकाका उच्च क्षेत्रहरू पञ्चमुखी, रलिङ, सैपाल लगायत खार्पुनाथका उच्च हिमालमा समेत हिमपात भएको छ।

जिल्लाका उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम सिमकोटसहित होचो क्षेत्रमा वर्षा भइरहेको छ। सदरमुकाम सिमकोटमा एक्कासी चिसो बढेको स्थानीय मुक्ति रावतले बताएका छन्। चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए।

जिल्लाको एकमात्र विमानस्थलमा पनि वर्षाका कारण उडान अवरुद्ध भएको छ, जसले गर्दा हवाई सेवा प्रभावित बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ