-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (बिहीबार) पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
दिउँसो १ बजे कुपण्डोलस्थित हिमालय होटलमा बस्ने यो बैठकसँगै देउवा 'जेन-जी' आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका छन्।
बैठकमा मुख्यगरी असोज २६ गते बस्ने केन्द्रीय समितिका एजेन्डाहरू तय गरिनेछ।
यसका साथै पार्टीको आगामी महाधिवेशन, निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल हुने बताइएको छ।
जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते सभापति देउवा र उनकी पत्नी आरजु राणामाथि आक्रमण भएको थियो।
लामो समयपछि देउवा सार्वजनिक कार्यक्रममा देखिन लागेकाले यस बैठकलाई महत्त्वका साथ हेरिएको छ।