बाक्लो हिमपातले हुम्लाको न्यालु सडक अवरुद्ध, आन्तरिक पर्यटक अलपत्र
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
1k
Shares
सिमकोट। अविरल हिमपातका कारण हुम्लाको न्यालु सडक अवरुद्ध हुन पुगेको छ। नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने यो सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरिरहेका आन्तरिक पर्यटकहरू अलपत्र परेका छन्।
सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा पर्यटकहरूलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ।
समुद्र सतहबाट पाँच हजार मिटरको उचाइमा रहेको न्यालु सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने रावतले बताए। हिमपातका कारण लिमी उपत्यकाका तिल, हल्जी र जाङका बासिन्दा बढी प्रभावित भएका छन्।