केन्द्रीय समिति विघटन गरी कार्यवाहक सभापति तोक्न शशांक कोइरालाको देउवालाई आग्रह [भिडियो]
नियमित महाधिवेशन गर्नुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
910
Shares
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्य समिति तत्काल विघटन गरी कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न आग्रह गरेका छन्।
शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले यो आफ्नो व्यक्तिगत विचार भएको स्पष्ट पारे। उनले सभापति देउवालाई आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले केन्द्रीय समिति विघटन गरी कार्यवाहक सभापतिलाई महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउन सुझाव दिए।
नेता कोइरालाले भने, "विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ। मैले उहाँलाई (देउवालाई) के भने भने तपाईँ विघटन गर्नुस्। एक जनालाई कार्यवाहक सभापति दिनुस्। उनले गठन गर्दछन्। र उनले मिति तय गर्दछन्। मलाई लाग्दछ– मङ्सिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो।"
उनले अब बन्ने कार्यवाहक सभापतिले नै पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताए।