arrow

हिउँ पन्छाउन स्काभेटर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
snow-humla-2081.jpg

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीमा दुई दिनदेखि परेको हिमपातका कारण अवरुद्ध बनेको न्यालु खण्डको हिउँ पन्छाउन स्काभेटर परिचालन गरिएको छ ।

हिमपातले बन्द भएपछि न्यालु खण्डको हिउँ पन्छाउन सदरमुकाम सिमकोटबाट स्काभेटर त्यसतर्फ पठाइएको हाे ।

पूर्वधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसीले सदरमुकामबाट गएको स्काभेटर सोमबार बिहान पुग्ने जनाउँदै सोमबार बिहानैदेखि हिउँ पन्छाइने बताए ।

उनका अनुसार सोमबार दिनरात हिउँ पन्छाएर सकिएमा मङ्गलबारदेखि सडक सञ्चालनमा आउने भएको छ ।

यसैबीच, सडक अवरुद्ध भएर तुम्लिङमा रोकिएका यात्रु र तथा सवारीसाधन सदरमुकाम फिर्ता भएका जैसीले उल्लेख गरे ।

पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाअन्तर्गत लिमीको पदयात्रा सकेर सिमकोट फर्किने क्रममा दुईदिन परेको बाक्लो हिमपातले न्यालुको बाटो छिचोल्न नसकेर ४० जनाभन्दा बढी यात्रु तुम्लिङमा रोकिएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ