arrow

राष्ट्रिय सभा अध्यक्ष जेनेभा जाँदै, प्रधानमन्त्रीलाई गराए जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
narayan-dhahal-26-06.jpg

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका मञ्च को १५१औँ भेलामा भाग लिन असोज ३१ गते (अक्टोबर १७) जेनेभा जाने भएका छन् । 

आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको  भेटघाटमा आफू संघीय संसदको तर्फबाट भेलामा सहभागी हुन लागेको जानकारी गराएको बताए।

यस वर्षको अन्तर–व्यवस्थापिका मञ्चको भेलाको मुख्य विषयवस्तु 'मानवीय मान्यताहरू कायम राख्ने र सङ्कटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने' रहेको छ।

अध्यक्ष दाहालले सो भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ