तिहारका लागि कुम्हालेलाई भ्याइनभ्याइ: माटोको पालाको माग उच्च [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
940
Shares
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै भक्तपुरको कुम्हाले समुदायलाई माटोका पालाहरू बनाउन भ्याइनभ्याइ भएको छ।
अन्य समयको तुलनामा तिहारको समयमा माटोको दियो र पालाको माग धेरै हुने गरेको छ। दीपावलीका लागि हरेक घरघरमा दियो बालिने हुँदा पालाको माग बढी हुन्छ। व्यवसायीहरूका अनुसार पछिल्ला वर्षहरूमा नेपाली बजारमा इलेक्ट्रोनिक बत्तीहरू धेरै आयात भए पनि माटोका हस्तनिर्मित पालाहरूले मौलिकता झल्काउने भएकाले बजारमा यिनको माग उच्च रहेको छ।
माटोको पालाहरू तिहारको सांस्कृतिक पक्षसँग मात्र नभई परम्परागत नेपाली हस्तकला र काष्ठकलाको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्ने गरेको व्यवसायीहरू बताउँछन्।