arrow

तिहार बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । तिहार पर्वको सार्वजनिक बिदाको अवसरमा पनि 'रियल टाइम ग्रस सेटलमेन्ट' (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक बिदाका दिनमा पनि यो प्रणाली सञ्चालनमा रहने जनाएको छ। यद्यपि, भाइटीकाको दिन भने आरटीजीएस प्रणाली बन्द हुनेछ। केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागका अनुसार उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहनेछ।

यसअघि नै केन्द्रीय बैंकले भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ प्रणाली सञ्चालनमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ। तिहारको भाइटीकाको दिन बाहेक अरू सबै दिन भन्सार जाँचपासका लागि आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था मिलाउन 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ