arrow

जनकपुरधाममा दीपावली मनाउन भव्य तयारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
deepawali-janakpur.jpg

जनकपुर । हिन्दू धर्मावलम्वीको पर्व दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी गरिएको छ ।

धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दीपावली मनाउन भव्य तयारी गरिएको हो । 

दीपावलीलाई मध्यनजर गरी जनकपुुरधामलाई बेहुलीझैँ सजाइएको छ ।

जनकपुरधाम बजारमा चहल पहलसमेत बढेको छ । 

केराको बोट, हरियो पात र फूलमालाले सुनरपट्टीलगायतका क्षेत्र झकिझकाउ पारिँदैछ ।

मिष्ठान भण्डारहरुमा प्रसादका लागि मिष्ठान किन्नेको भीड लागेको छ । 

दीपावली सामान्य व्यक्ति भन्दा पनि उद्योगी व्यवसायीले विशेष तमझामका साथ मनाइरहेको देखिएको छ ।

व्यापारीहरू आआफ्ना व्यापारिक प्रतिष्ठानलाई सजाएका छन् । 

यता जनकपुरधाम उपमहानगरपालिकाले पनि दीपवालीको पूर्वसन्ध्यामा नगर सरसफाई गरेको थियो ।

विद्युतीय पोलमा नयाँ बल्वसमेत जडान गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ