arrow

गम्भीर दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि इजरायली वरिष्ठ सैन्य वकिलको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
israel-army.jpg
फाइल तस्बिर

जेरुसेलम । इजरायली सेनाले एक प्यालेस्टिनी बन्दीलाई सैनिकहरूले गम्भीर दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि भइरहेको अनुसन्धानको क्रममा आफ्ना शीर्ष वकिलले राजीनामा दिएको बताएको छ।

गत वर्ष दक्षिणी इजरायलको स्दे तेइमान सैन्य अड्डामा लिइएको फुटेजमा केन्द्रित यो मुद्दाले इजरायलभित्र अन्तर्राष्ट्रिय आक्रोश र विरोध प्रदर्शनलाई उर्जा दिएको थियो ।

हमासको सन्  २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि प्यालेस्टाइन क्षेत्रमा युद्ध शुरू भएदेखि नै गाजावासीहरूलाई कब्जा गर्न स्दे तेइमान प्रयोग गरिएको थियो।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सैन्य महाधिवक्ता एमजी यिफत तोमर–येरुशाल्मीले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ।”

“सेना प्रमुखले छलफल गरिएका विषयहरूमा विस्तृत र सत्य जाँच गरिनेछ भन्नेमा आफ विश्वस्त रहेको बताउनुभएको छ,” विज्ञप्तिमा भनिएको छ।

यसै हप्ताको सुरुमा स्दे तेइमानबाट फुटेज चुहावट भएको र त्यसमाछ सैनिकहरूले गरेको दुव्र्यवहार पुष्टि भएको देखिन्छ । 

इजरायली सेनाले फेब्रुअरीमा दुव्र्यवहारसँग सम्बन्धित पाँच जगेडा सैनिकविरुद्ध मुद्दा दायर गरेको जनाएको थियो । 

बन्दीहरूलाई ‘मलाशय नजिकै धारिलो वस्तु रोपेर बन्दीको पुट्ठामा छुरा हानेर गम्भीर हिंसाजन्य काम गरेको’ आरोपमा जगेडा सैनिकलाई मुद्दा चलाइएको छ। 

सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हिंसाले बन्दीलाई गम्भीर शारीरिक चोट पुर्याएको, करङहरू चर्किएको, फोक्सो छेडिएको र मलाशयको भित्री भागसम्म च्यातिएको छ।”

भिडियो सार्वजनिक भएपछि यो मुद्दा सैन्य न्याय प्रणालीमा ल्याइएको थियो।
 
इजरायली मिडियाले शुक्रबार प्रकाशित सैन्य अभियोजकको राजीनामा पत्रको प्रतिलिपिअनुसार तोमर–येरुशाल्मीले राजनीतिक रूपमा प्रेरित प्रदर्शनले दुव्र्यवहारको अनुसन्धानलाई असफल पार्न खोजेपछि उनको कार्यालयले मिडियालाई घटनाबारे यथार्थ जानकारी दिएको स्वीकार गरे । 

“आईडीएफ एक नैतिक र कानूनको पालना गर्ने सेना हो, र त्यसैले पीडादायी र लामो युद्धको समयमा पनि यसले अवैध कार्यहरूको अनुसन्धान गर्नुपर्दछ,” राजीनामा पत्रमा भनिएको छ।
 
रक्षामन्त्री इजरायल काट्जले राजीनामालाई ‘राम्रो कुरा’ भन्दै स्वागत गरेका छन् । “आईडीएफ सैनिकहरूको निन्दा गर्नेहरूको सेनामा कुनै स्थान छैन,” उनले भने । 
 
सन् २०२४ अक्टोबरमा संयुक्त राष्ट्रसङ्घीय आयोगले हजारौं बन्दीहरू इजरायली सैन्य शिविरहरू र हिरासत केन्द्रहरूमा ‘व्यापक र सुनियोजित दुव्र्यवहार’ को सिकार भएको पुष्टि गर्दै यो ‘युद्ध अपराध र यातनाका साथै मानवता विरुद्धको अपराध’ भएको ठहर गरेको छ। 
 
इजरायलले यी आरोपहरूलाई ‘अपमानजनक’ भनेको छ र ‘बन्दीहरूको व्यवहारको सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनी मापदण्डहरूलाई पूर्ण रूपमा पालना गर्न इजरायल प्रतिबद्ध रहेको जनाएको छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ