-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले आर्थिक वर्ष २०८१/८२ को आफ्नो वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
मङ्गलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रतिवेदन पारित गरेको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन्।
उनकाअनुसार प्रतिवेदनमा समितिले वर्षभरि समसामयिक विषयमा गरेका निर्णयहरू उल्लेख गरिएका छन्।
सभापति दाहालले समितिले प्रदेश तथा स्थानीय तहसँगको छलफल तथा अध्ययनका लागि सुदूरपश्चिम जाने निर्णय गरेको पनि बताइन्।
जेन–जी विद्रोहपछि पहिलो पटक संसदीय समिति छलफल तथा अनुगमनका लागि उपत्यका बाहिर जान लागेको हो।
अध्ययन भ्रमणको मिति तोक्नका लागि बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने पनि उनले जानकारी दिइन्।