arrow

राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
rastriya-sabha-samiti-82-8-1.jpg

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । 

सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरि दुई समितिको बैठक बस्न लागेको हो । 

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्ने कार्यसूची रहेको छ । 

बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ । 

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठक दिनको १ः०० बजे बस्ने तय भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ