arrow

दुई समितिको बैठक आज

उत्तरविधायिकी परीक्षण र राष्ट्रिय गौरवका आयोजनामा छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिका बैठकहरू बस्दै छन्। संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो।

बिहान साढे १० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा 'उत्तरविधायिकी परीक्षण' सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ। यस प्रक्रियामा कानुन निर्माण भइसकेपछि त्यसको कार्यान्वयनको अवस्था र प्रभावकारिताबारे सूक्ष्म अध्ययन गरिन्छ।

त्यस्तै, दिउँसो साढे २ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ। उक्त बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको हालसम्मको कामकारबाही, भोग्नुपरेका समस्या, चुनौती र आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने बताइएको छ।

साथै, राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालन गर्दा अनिवार्य मानिने वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रियालाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि बैठक केन्द्रित रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ