डिजिटल बैङ्किङ कारोबारमा गरिमा विकास बैङ्क सम्मानित
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
628
Shares
काठमाडौँ। नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैङ्क लिमिटेड "आर्थिक वर्ष २०८१/८२ मा डिजिटल कारोबारमा उत्कृष्टता' र 'आर्थिक वर्ष २०८१/८२ मा नेपालपे क्युआर कारोबारमा उत्कृष्टता।"
आव २०८१-०८२मा विकास बैङ्कहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा क्युआर कारोबार गरे बापत उक्त अवार्डबाट सम्मानित भएको हो। यही पुस ८ गते मङ्गलवार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरेका थिए। समायानुकुल नवीनतम डिजिटल बैङ्किङ सेवाहरूलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैङ्कलाई प्राप्त उक्त अवार्डहरूले डिजिटल कारोबार विस्तारमा थप ऊर्जा प्रदान गरेको छ।
विकास बैङ्क २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरेको ईर्मजिङ एसिया बैङ्किङ कन्क्लेभ एण्ड अवार्डमा वेस्ट बैङ्क सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो।
हाल, गरिमा विकास बैङ्कको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नवीनतम डिजिटल बैङ्किङ मार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।