नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने कांग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरूको दृढता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
745
Shares
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरुले नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने दृढता व्यक्त गरेका छन् ।
मंगलबार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले सो कुरा जानकारी गराएको हो ।
नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै आफूहरू यो हलबाट निस्कने निष्कर्षमा पुगिएको प्रचार समिति संयोजक सुवास पोखरेलले बताए ।
उनले संस्थापन पक्षले आफूहरूको माग सम्बोधन गर्ने अवस्था नरहेपछि नै नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू गरिएको पनि स्पष्ट पारे ।
संयोजक पोखरेलले सो निर्वाचन प्रक्रियामा सहभागी भएर सभापति पदका लागि मनोनयनमा आउन सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरे ।
उनले संस्थापन पक्षसँग संवाद जारी रहे पनि निर्वाचनमा जाने र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अब नरोकिने दोहोर्याए ।
संयोजक पोखरेलले भने, ‘कार्यतालिका आयो निर्वाचनको । कता भागबण्डाको कुरा भयो । कार्यतालिका आइसकेपछि यहाँ सबै पदाधिकारीहरूको निर्वाचन हुन्छ । निर्वाचन भएपछि हामी हण्ड्रट पर्सेन्ट हो । कताको भागबण्डा लिने ? हाम्रो क्लियर कुरा यही हो । नामावली सबैको प्रकाशन गर्छौँ । सबै उहाँहरू मतदाता हो । स्वयं शेरबहादुर जी, सभापतिजीलाई इच्छा भए सभापतिका लागि नोमिनेसन गर्न पनि हामी आमन्त्रण गर्दछौँ । एउटै पार्टी हो संवाद हुन्छ । हाम्रो एजेण्डालाई संवादले सम्बोधन गर्छ भने हामी किन निर्वाचनमा जाने ? हामी संवादका विरोधी होइनौँ । नेतृत्वसँग हामीले पहिले देखिँनै संवाद गरिरहेका छौँ । गरेका पनि हौँ । अब अब फेरि गर्छौं । संवाद यहाँ निर्णय सँगसँगै हुन्छ । त्यो सम्वादले यसलाई रोक्दैन । हाम्रो प्रक्रियालाई सम्वादले रोकिँदैन। सम्वादको प्रक्रियालाई हलले आत्मासात नगरी हुँदैन। त आत्मासाथ गर्न हलको म्यान्डेट चाहियो । हाम्रा साथीहरुको जानुभएको छ । त्यो पनि यहाँ ल्याएर सुनाउने हो । हलले समर्थन दियो, त्यो पास भयो । हलले हुँदैन भन्यो, त्यो हुँदैन हो । प्रष्ट हुनुहोस् ययसपाली कांग्रेस पार्टी नीति र नेतृत्व बदलेर यहाँबाट जान्छ । कुरा यति नै हो ।’
यता संस्थापन पक्षले भने विशेष महाधिवेशन विधानसम्मत नभएको जिकिर गर्दै आएको छ ।