arrow

शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको पहिलो बैठक सम्पन्न

अर्को बैठक माघ ९ गते बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
rastriyashaba-0ss.jpg

काठमाडौँ। राष्ट्रिय सभाको १९औँ अधिवेशनको पहिलो बैठकले हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। आइतबार बसेको बैठकले स्वर्गीय बोहराको सम्मानमा मौन धारण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए। मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आइतबार बिहान ११ बजेका लागि अधिवेशन आह्वान गरेका थिए। यसअघि राष्ट्रिय सभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।

अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर टुङ्गिएको छ। राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल माघ ९ गते शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी तय भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ