arrow

मधेसी मोर्चाले संविधान संसोधन विद्येयकमा समर्थन जनाउने प्रचण्डको दावी

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
prachanda.jpg.jpeg
काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमांकनमा सहमति नहुन्जेलसम्म मधेसी मोर्चाका नेताहरुले सहमतिमा हस्ताक्षर नगरे पनि भाषामा सहमति भए पुर्ननिर्माण प्राधिकरण विद्येयक पारित गर्दा झै मौन बसेर सहयोग गर्न सक्ने बताएका छन । 
 
उनले भने,‘अहिले मेरो ध्यान समस्याको समाधानमा केन्द्रीत छ । बार्ताबाटै समस्याको समाधान हुन्छ भन्ने मान्यता स्थापित भईसकेको छ । बार्ता, संबाद र सहमतिको विकल्प छैन । शुक्रवार (भोली) मधेसी नेताहरुसँग छलफल गर्दैछु । मेरो प्रयास संविधान संसोधनको भाषामा सहमति गर्नेमा हुनेछ । उहाँहरुले सीमांकन नमिलुन्जेलसम्म हस्ताक्षर त गर्नु हुन्न भन्ने मलाई लाग्छ । तर पुर्ननिर्माण प्राधिकरण विधेयकलाई अनुमोदन गर्न मौन बसे झै संविधानसंसोधन विद्येयकमा पनि मौन बसेर सहयोग गर्नु हुन्छ भन्ने मेरो विश्वास छ ।’
 
प्रचण्डले शुक्रवारको मधेसी मोर्चाका शिर्ष नेताहरुसँग छलफलबाट संविधान संसोधन विद्येयकको भाषामा सहमति जुटाउने विश्वास ब्यक्त गर्दै आफूले सहमतिको लागि सरकार र प्रमुख प्रतिपक्षी दलहरुसँग पनि कुरा गरिरहेको बताए । 
 
उनले थपे,‘ चिजहरु सकारात्मक छन । समाधान हुन्छ भन्नेमा म आशाबादी छु । संसोधनको भाषामा सहमति पछि आईतवारबाट संविधान संसोधन विद्येयक अगाडि बढ्छ ।’प्रचण्डले सीमांकनमा प्रमुख दलका नेता र विज्ञहरु सम्मिलित राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुङग्याउने विषयमा सहमति जुटाउन आफू केन्द्रीत रहेको भन्दै संविधान निर्माणदेखि नै आफू आन्दोलनरत दल र सरकारवीच ब्रिजिङको भूमिकामा सक्रिय रहेको पनि बताए । उनले भने,‘ सीमांकन अहिले नै मिलाउन निक्कै कठिन छ । त्यसैले यसलाई तीन महिनाभित्र टुङउने विषयमा मधेसबादी दलहरु सहमतिमा आउनु पर्छ । त्यसबाट मात्रै निकास निस्कन्छ ।’
 
सरकारको चार बुँदे मार्गचित्रमा भारतको स्वागत पछि विषय सकारात्मक दिशा तिर गएको भन्दै उनले दुई देशको सम्बन्धमा मधेसलाई ल्याउन नहुने बताए । प्रचण्डले भने,‘ नेपाल भारत सम्बन्धलाई सुमधुर बनाउनुको विकल्प छैन । नेपालको मन्त्री परिषदको निर्णयलाई भारतले स्वागत गरेपछि अब नाका सहज हुने अवस्था सृजना भएको छ । अहिले मधेस बाहिर छ । मधेसको समस्या हाम्रो आन्तरिक समस्या हो । अब यसलाई हामीले नै समाधान गर्नु पर्छ । दुई देशको सम्बन्धको विचमा मधेसलाई ल्याएर राम्रो हुँदैन ।’कालाबजारी र तस्करी नियन्त्रणमा छलफल भएर उच्चस्तरीय राजनीतिक संयन्त्र मार्फत आफूले सरकारलाई दवाव दिईरहेकोले अहिले त्यो क्रम घट्दो रहेको दावी उनले गरे । 
 
प्रचण्डले प्राधिकरण विद्येयक ढिला हुँदा भुकम्प प्रभावितहरुले ज्यान गुमाउनु परेको स्विकार गर्दै भने,‘ काग्रेसकै पाला प्राधिकरण विद्येयक पारित हुनु पर्दथ्यो । ढिला भए पनि अब यूद्ध स्तरमा पुर्ननिर्माणमा लाग्नु पर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ