गगन थापासँग मिलेर शेखर कोइराला जाने सहमति भइसक्यो : सुनील शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
1.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग मिलेर डा. शेखर कोइराला अगाडि बढ्ने औपचारिक सहमति भइसकेको दाबी डा. सुनील शर्माले गरेका छन्। आइतबार बत्तिसपुतलीमा आयोजित कोइराला समूहको विशेष भेलामा सहभागी भएका शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
शर्माले भने, “शेखर दाइहरू र गगन थापाबीच मिलेर जाने निर्णय 'अलरेडी' भइसकेको छ। कोइराला परिवारले आफ्ना पुस्ताले रगत-पसिना बगाएर बनाएको पार्टी फुटेको हेर्न सक्दैन, बरु आफू जलेर भए पनि उहाँले पार्टी बचाउनुहुन्छ।”
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि विकसित राजनीतिक घटनाक्रमका बीच शर्माले अब कांग्रेसका सबै समूहहरू एकै ठाउँमा उभिनुको विकल्प नरहेको बताए।
उनले आगामी निर्वाचनमा पहिलो पार्टी बन्न र बहुमत प्राप्त गर्न पनि गगन थापाको नेतृत्वमा सम्पूर्ण कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
सभापति गगन थापा पनि सबै पक्षलाई समेटेर पार्टीलाई एकीकृत बनाउने अभियानमा सक्रिय रहेको र यसले चुनावी परिणाममा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ।