arrow

पूर्वीय दर्शनका अनुसार प्रजातन्त्र बलियो बनाउन के-के हुन्छ राष्ट्रप्रमुखको कर्तव्य

[सन्दर्भ : प्रजातन्त्र दिवस]

logo
डा‌. प्रकाश ढकाल,
प्रकाशित २०७३ फागुन ७ शनिबार
HAPPY_DEMOCRACY.png
काठमाडौं । जनतापालन राष्ट्रप्रमुखको प्रमुख कर्तव्य हो । संसारमा चलेको धर्म व्यवस्थाको मूल कारण नै राष्ट्रप्रमुख हो । राष्ट्रप्रमुख तथा शासक कामबाट उत्पन्न हुने शासकका दस र क्रोधबाट उत्पन्न हुने आठ दोषहरूबाट बच्नुपर्छ । राष्ट्रप्रमुखको भयको कारणले गर्दा कसैले कसैको सम्पत्ति एवम स्वतन्धत्रतामा हडप गर्न सक्दैन । ईश्वरले  सम्पूर्ण प्राणीहरूको रक्षक जगत्को धर्मरूप ब्रह्माको तेजपुञ्जबाट निर्मित पान्च भौतिक शरीर स्वरूपको रूपमा राष्ट्रप्रमुखलाई प्रकट गरेका हुन् । यसको आशय राष्ट्रप्रमुखको सृष्टिको कारण नै जनता रक्षण हो ।
 
राष्ट्रप्रमुखको जनता उपर कुनै रक्षा एवम् सही मार्ग निर्देशन भएन भने समाज दुष्टहरूको चङ्गुलमा फस्न पुग्दछ । रक्षा गर्ने राष्ट्रप्रमुख अथवा राजप्रतिनिधिको अभावमा कसैको सम्पत्ति छोरा छोरी पत्नी घरबार कुनै पनि चिजको सङ्ग्रह व्यर्थ हुन्छ । राष्ट्रप्रमुखको हेरबिचार निगरानी भएन भने निच मनोवृत्तिका मानवहरूको कारण मातापिता, वृद्ध, गुरुजन एवम् अतिथिहरूले समेत दुःख पाउँछन् । 
 
राष्ट्रप्रमुखले राज्यमा सबै जनता मातहत रहेको दण्डनीति मार्फत् शासनले नै जनताहरूको रक्षा हुन्छ । राष्ट्रप्रमुखको उत्तरदायित्व न्यायोचित दण्डको व्यवस्था गर्नु, शास्त्र निर्देशित नियम अनुसार वर्णाश्रमको रक्षा गर्नु तथा मार्गविहिन भएकाहरूलाई सत्मार्गमा दोहो¥याउनु पनि राज उत्तरदायित्व हो । राष्ट्रप्रमुखले राज्यमा मात्र समय व्यतित गर्नु हुँदैन । जसरी आÏनो  दुलोमा  मात्र बस्ने मुसालाई सर्पले निल्दछ, परदेश नजानेको नबुझेको ब्राह्मणको पनि कुनै अस्तित्व हुँदैन त्यसरी नै अन्य देश विदेश नघुमेको अरुको विरोध गर्न नसक्ने शान्तिमूर्ति राष्ट्रप्रमुखलाई पृथ्वीले निल्दछिन् । यसको आशय सबैभरी क्रियाशील रहनु नै राज्यको विशेष पहिचान हो ।
 
मनुस्मृति,याज्ञवल्क्यस्मृति,महाभारत लगायतका विभिन्न ग्रन्थहरूमा पनि राष्ट्रप्रमुखको कर्तव्यका बारेमा जानकारी पाइन्छ । आधुनिक समयमा पनि विभिन्न राज्यहरूमा  राष्ट्रप्रमुख अथवा राष्ट्रपतिका कर्तव्यहरू पनि सुनिन्छ । नेपालको सविंधान २०७२ मा पनि राष्ट्रप्रमुखको कर्तव्यलाई विशेष महत्व दिइएको छ ।  राष्ट्रप्रमुखका प्रमुख कर्तव्यहरूमा निम्न छन् ।
 
जनतारक्षण
जनताको रक्षा गर्नु नै राष्ट्रप्रमुखको महान् धर्म हो । जनताबाट धर्मानुकूल कर ग्रहण गर्नु, आलस्यलाई त्याग्नु, जनता वर्गको सुरक्षाको  राम्रो व्यवस्था मिलाउनु पनि राष्ट्रप्रमुखको कर्तव्य भित्र पर्दछन् । 
राष्ट्रप्रमुखले आलस्य छोडेर कसैका उपर रागद्वेष नलिइकन जनताको रक्षा गर्छ, जनताहरूलाई दान दिन्छु भने त्यस्ता राष्ट्रप्रमुखसँग जनताहरू अनुरक्त हुन्छन् । शास्त्रको विरुद्ध हिँड्ने राष्ट्रप्रमुख न धर्म हासिल गर्दछन् न अर्थ त्यस्तालाई धन मिले तापनि खराब  काममा  नष्ट भएर जान्छु ।  जसरी बगैँचामा रहेका तमाम पूmलहरूलाई मालीले रक्षा गर्दछ । मालीले झँै जनताको ख्याल बिचार पु¥याउने राष्ट्रप्रमुख धेरै कालसम्म राज्यको उपभोग गरिरहन्छन् । आधुनिक विश्व राजनीतिक रंगमञ्चमा पनि जनताको मन जित्न सफलहरू नै राज्यको सुविधामा पद प्रतिष्ठामा आसिन छन् । एकपटक निर्वाचन जितेपछि जनतालाई सेवा सुविधा सहित रक्षा गर्न सक्नेहरू नै बारम्बार बिजय प्राप्त गर्छन् । राष्ट्रप्रमुखले असहाय बृद्धहरू अन्धा,लँगडा,पागल,विधवा,अनाथ,रोगी,गर्भवती स्त्रीहरूको रक्षा गर्नुपर्दछ ।
 
धनबिना राज्य चल्दैन । निर्धन व्यक्तिको आदर पनि गर्दैनन् । राष्ट्रप्रमुखले सदा जनताको कल्याण कामना गर्नुपर्छ । कर संग्रह गर्दा देश, काल, पात्रको ख्याल राख्नुपर्छ । भ्रमराले जसरी पूmललाई नोकसान नपु¥याईकन रसापान गर्छ, माहुरीले जसरी मधु संचय गर्छ, गाई दुहुँदा जसरी बाछाको भागको ख्याल राख्नुपर्छ, कर संग्रह गर्दा पनि यही रितले गर्नुपर्छ ।  बिपत्ति एवम् अनिकालको समयमा  राष्ट्रप्रमुखले आÏनो ढुकुटीबाट भोजन आदिको व्यवस्था गरेर जनतापालन गर्नुपर्दछ । राष्ट्रप्रमुखबाट समाज सेवा एवम्  परोपकारका कार्यहरू सुचारु भएको खण्डमा जनताहरूमा पनि सेवा एवम् परोपकार गर्ने परिपाटी बस्दछ ।
 
वर्णाश्रमको नियम पालन
जसले धर्मको रक्षा गर्दछ,त्यसको रक्षा धर्मले गर्ने भएको हुनाले धर्मको हानी हुँदैन । ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम, सन्यास आश्रम गरी चार प्रकारका आश्रमहरू शास्त्रमा विहित छन् । ब्रह्मचर्य आश्रममा क्षौर विधि,यज्ञोपवित विधि, वेद विधि गरी समावर्तन गरिन्छ । गृहस्थाश्रममा विवाह गरेर अग्नि होमादि कार्य सम्पन्न गर्दै यज्ञादानादि कार्य गरिन्छ । वानप्रस्थाश्रममा आफ्ना इन्द्रियहरू संयममा राखी स्त्रीलाई समेत साथमा लिई वा स्त्रीलाई छोरा नातीको संरक्षणमा छोडी वन प्रस्थान गरिन्छ । वानप्रस्थाश्रममा धर्मयज्ञ पुरुषहरू आरण्यक शास्त्रको अध्यन गर्दै वानप्रस्थधर्म पालन गरी बस्दछन् । वानप्रस्थाश्रम छोडेर सन्यास ग्रहण गरिन्छ ।
 
उल्लेखित चारै आश्रम ब्राह्मणहरूका निम्ति हो । अन्य तिन वर्णले सम्पूर्ण आश्रमको अनुसार गर्दैनन् । ब्राह्मणका निम्ति वेदाध्ययन महत्वपूर्ण हो । क्षत्रीयहरूका निम्ति जनतापालन एवं रक्षा कर्म महान् हो । वैश्यहरूका निम्ति व्यापार व्यवसाय महान् हो । शूद्रहरूका निम्ति सेवा महान् हो । राज्यमा रहेका सम्पूर्णलाई आ आÏनो वृत्तिमा दत्तचित्त बनाउनु राष्ट्रप्रमुखको कर्तव्य हो । 
 
गृहस्थाश्रम रहेकालाई गृहस्थ धर्ममा  प्रतिबद्ध बनाउनु, ब्रह्मचर्याश्रम रहेकालाई ब्रह्मचचर्याश्रम प्रतिबद्ध बनाउनु बानप्रस्थाश्रम रहेकालाई बानप्रस्थाश्रम मै प्रतिबद्ध बनाउनु गृहस्थाश्रममा रहेकालाई गृहस्थधर्ममा प्रतिबद्ध बनाउने काम राष्ट्रप्रमुखको हो । मरेपछि अरु सबै छोडेर जानु पर्ने अवस्था र सँगै जाने भनेको धर्म नै भएकोले धर्मको रक्षका लागि विशेष जोड दिनुपर्छ । संसारमा क्षात्रधर्म नै सम्पूर्ण धर्म भन्दा श्रेष्ठ, सनातन नित्य, अविनाशी र मोक्षसम्म पु¥याउने सर्वतोमुखी शक्ति पनि हो ।
 
राज्यमा  रहेका सम्पूर्ण मन्त्री जनता, सैनिक, पूजारी लगायतमा वर्णाश्रम धर्म नियमको पालना गराउनु राष्ट्रप्रमुखको परम कर्तव्य हो । आधुनिक समयमा भन्ने हो भने  प्रत्येक मानिसलाई आ–आÏनो पेशा व्यवसाय  कर्ममा  प्रतिबद्ध बनाउनु, मतिभ्रष्ट हुनबाट रोक्नु पनि राष्ट्रप्रमुखको परम कर्तव्य हो ।  जसको कारणले देशमा बेरोजगारीको समस्या नआओस् । राष्ट्र एवम् राष्ट्रियताको पक्षमा सधैं आवाज बुलन्द होस् भन्ने हो ।
 
दोषीलाई दण्ड दिँदै न्याय प्रदान गर्नु 
आफ्नो राज्यलाई समृद्ध बनाउन राज्य अकण्टक राख्न राष्ट्रप्रमुखले धेरै कर्म गर्नुपर्दछ । दण्डले नै यस संसारलाई सत्यमा अडाएको छ । सत्यमा धर्मको स्थिति छ । धर्मकै न्याय अनुसार दण्ड विधान हुनु पर्दछ । दण्डको मुख्य उद्देश्य दुष्टलाई दमन गर्नु हो । दण्डको विधान, दण्ड दिने दस स्थान जसलाई दण्ड दिनुपर्ने हो त्यसलाई दण्ड नदिनाले र निर्दोषलाई दण्ड दिने राष्ट्रप्रमुखको लोकमा निन्दा हुनुको साथै मरेपछि नरकको भागी हुन्छ । 
 
धर्म र अर्थको परित्याग गरी खाली कामको मात्र सेवन गर्दछ । अनि उसको  बुद्धि भ्रष्ट हुन्छ । बुद्धिभ्रष्ट हुनु नै मोह हो । मोहले धर्म र अर्थ दुबैको नाश गर्दछ । यदि राष्ट्रप्रमुखले दुष्ट दुराचारीहरूलाई दण्ड दिएर आÏनो नियन्त्रणमा राख्न सकेनन् भने  जनताहरू निराश हुन्छन् । यस्तो अवस्थामा राष्ट्रप्रमुखको साथमा कुनै पनि जनता रहँदैनन् । जनता विहिन राष्ट्रप्रमुखको औचित्य नै संकटमा हुन्छ ।  तसर्थ राष्ट्रप्रमुखले दुष्टहरूलाई दण्ड दिएर राज्यका  सोझा  जनताहरूको रक्षण गर्नुपर्दछ ।
 
न्याय प्रदान
राष्ट्रप्रमुखले आÏनो देशका  जनताहरू उपर समयाभाव राख्नुपर्दछ । राष्ट्रप्रमुखले जनताको रक्षा गर्नु ठूलो धर्म हो ।  जनता जनता बिच भएका कुनै पनि विवादमा राष्ट्रप्रमुखले आफु प्रत्यक्ष सहभागिता देखाउनु हुँदैन । जसले गल्ती गरेको छ । त्यसलाई दण्ड दिई निर्दोष एवम् पीडितलाई न्याय दिनु पनि राष्ट्रप्रमुखको  कर्तव्य हो । स्वच्छ पानीले भरिएको भएपनि गोही बसेको तलाउमा कोही नगएझैँ दुष्ट मन्त्रीको  सल्लाहमा चल्ने राष्ट्रप्रमुखसँग कोही पनि जाँदैनन् । सोही अनुरूप सर्वगुण सम्पन्न भएर पनि दुष्ट मन्त्रीका भरोसामा राज्य चलाउने  राष्ट्रप्रमुख सज्जन पुरुषको आश्रय बन्दैनन् । धर्म राष्ट्रप्रमुख र जनता दुवैका लागि अनुल्लङ्घनीय मर्यादा भएकोले हिन्दुराज्य शासनलाई धर्मशासन भनिन्छ । 
 
राष्ट्रप्रमुखले आÏनो  राज्यमा  रहेका  घटनाहरूका मुख्य दोषी एवम् सामाजिक कामका मुख्य दुष्टहरूलाई कार्वाही गर्नुपर्दछ । दुष्टहरू उपर सजाय दिई राज्यमा भरोसा एवम् शान्तिको वातावरण बनाउनु राष्ट्रप्रमुखको कर्तव्य हो । महाभारतकालमा बढेको समाज अनुसार नै धर्म, संस्कृति राज्य व्यवस्था आदिमा पनि विस्तार भएको अवगत हुन्छ । राष्ट्रप्रमुखको प्रभावकारीतामा विशेष विकास भएको छ । तापनि वैदिक विधि विधानद्वारा नै राज्याभिषेक आदि कर्म हुन्थे र आज पनि तदनुरूप नै हुँदैछन् । 
 
आधुनिक राजनीति शास्त्रका विवेचकहरूले अनुबन्धवादको महाभारतकालमा विकास भएको पाइन्छ भन्दछन् । तर महाभारतको अनुशीलनबाट राजनीतिक अनुबन्ध नभएर, राष्ट्रप्रमुखको जनतारञ्जन तथा रक्षा मुख्य धर्म मानिएको तथा जनताले राष्ट्रप्रमुखलाई विष्णु (व्यापक) स्वरूप मानेकोले राम्रो सम्बन्ध रहेको बुझिन्छ । 
 
(प्रजा भन्ने शब्दको ठाउँमा राजा हटिसकेपछि जनता भन्ने परिपाटी बसेको हुनाले प्रजा शब्दमा जनता र राजा शब्दमा राष्ट्रप्रमुख भनिएको हुँदा केही नसुहाउँदो पनि देखिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ