arrow

कांग्रेसको एजेन्डा भ्रष्टाचारमुक्त समाज र सुशासन हो : शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
shekhar-koirala-10-22.jpg

मोरङ । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरू अगाडि बढाउने रहेको बताएका छन् ।

मोरङ क्षेत्र नंर ६ का जनताहरुसँग कुराकानी गर्दै उनले अरु नयाँ पार्टीहरूले जे काम गरे पनि नेपाली काङ्ग्रेसले जेन-जीका माग अनुसार भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकास गर्ने कामहरू गरेको बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेसको एजेण्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरू अगाडि बढाउने हो । जेन-जीहरूको माग पनि यही रहेको छ। अरु नयाँ पार्टीहरूले के गरिरहेको थाहा छैन् तर चुनावमा मात्रै होइन ०६४ सालको चुनावदेखि एउटै कुरा भनिरहेको छु। भ्रष्टाचारमुक्त समाज हामी बनाउ, सुशासन दिउँ, विकास गरौँ, रोजगारीका अवसरहरू सिर्जना गरौँ ।’

उनले नेपाली काङ्ग्रेसले युवाहरूको महत्व बुझेको भन्दै युवाहरूलाई निर्वाचनमा प्रोत्साहन गरिरहेको बताए ।

उनले भने, ‘युवाहरूलाई लोकल चुनावमा प्रोत्साहित दिनुपर्छ, ४० प्रतिशत युवाहरूलाई स्थान दिनुपर्छ भनिरहेको छु। प्रदेशको चुनावमा ३० प्रतिशतलाई दिनुपर्छ भनेको छु र केन्द्रमा अथवा संघीय चुनावमा २० प्रतिशत युवाहरूलाई दिनुपर्छ भनिरहेको छु । युवाहरूको महत्व नेपाली काङ्ग्रेसले नबुझेको होईन्, बुझेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ