arrow

सात महिनामा ४० अर्ब २८ करोडको वैदेशिक लगानी प्रतिवद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
udyog-bhibhag.jpg

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । 

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि माघसम्म पाँच सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपयाँको लगानी प्रतिवद्धता आएको हो । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाएको छ । 

सात महिनामा सबैभन्दा धेरै कृषिका १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । 

पर्यटन क्षेत्रका एक सय ५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने उत्पादनमूलक ३५ परियोजनामा दुई अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

यस्तै सेवामूलक ३४ ओटा परियोजनामा तीन अर्ब ५४ करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने सूचना प्रविधिमूलक दुई सय ८८ परियोजनामा एक अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । 

उद्योग विभागका अनुसार दुई ओटा खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र एउटा ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

माघसम्मको अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब तीन करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

यो अघिल्लो आ.व. सोही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले धेरै हो ।

गत आव माघसम्म २६ अर्ब ८४ करोड १७ लाख बराबर त्यस्तो लगानी स्वीकृत भएको थियो ।

विभागकाअनुसार माघसम्म वैदेशिक लगानीका कुल पाँच सय २५ उद्योग दर्ता भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ