arrow

उधौली पर्व पूर्वमा भब्यताका साथ मनाईँदै

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
udhauli.jpg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर। किराँत समूदायले बिशेष महत्वका साथ मनाउने पर्व चासोक तङनाम उधौली मंगलबारदेखि तीनदिनसम्म विविध कार्यक्रम गरी मनाइदैछ। पाँचथर जिल्लामा भने किराँत याक्थुङ चुम्लुङ पाँचथर शाखा र सुम्जिरी सुम्हात्लुङ आम्बे पज संरक्षण एवम विकाश प्रतिष्ठानद्दारा छुटाछुटै कार्यक्रम गरी यो पर्व मनाइँदैछ ।
 
पर्वको दोस्रो दिन पाँचथर सदरमुकाम फिदिममा आज केलाङ, पक्लङ, हाक्पारे, पालाम, लि तोङ, हन्डि फुटाउने, म्युजिकल चियर, ब्याडमिन्टन, बालबालिकाका खेलहरुको प्रतियोगिता गरिने सुम्जिरी सुम्हात्लुङ आम्बे पज संरक्षण एवम विकाश प्रतिष्ठान पाँचथरले जनाएको छ।
 
पूर्वी नेपालमा बाहुल्यता रहेका राई, लिम्वू, सुनुवार र याक्खा जातीले मंसिर पुर्णिमाको दिनलाई चासोक तङनाम अर्थात उधौली पर्वका नामले मनाउ्दै आएका छन्। यो पर्व पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायतका जिल्लामा विविध कार्यक्रम गरी मनाईदै छ।
 
दिवंगत पुर्खा र आ –आफ्ना आस्थाका भगवानको स्मरण गर्दै अन्न चढाउने चलन रहेकाले यो पर्वलाई न्वागी पर्व पनि भन्ने गरिएको छ। क्षेत्री, ब्राह्मण समुदायले मंसिर पुर्णिमाको संज्ञा दिँदै गोठ पुजा गर्ने गरेकाले यस पर्वको धार्मिक र सास्कृतिक महत्व सवै जातजातीमा उत्तिकै रहेको सामाजिक अगुवाहरुको भनाइ छ।
 
प्रत्येक वर्ष मंसीर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पुर्णिमा, किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका नामले पुकार्छन्। किरात जातीले प्राचिन कालदेखिनै खेतिपातिमा आधारीत जनजीवनमा लगाएको अन्नबाली पाकिसकेपछि भित्रयाउनु अघि ईष्टदेवता र पितृहरुको पुजाआजा गरी नयाँ अन्नवाली अर्पण गर्ने चलन छ ।
 
पाँच वर्ष अघिदेखि नेपाल सरकारले मंसिरे पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ