arrow

कांग्रेसलाई मतदान गरी विजय गराउन पूर्व कार्यवाहक सभापति खड्काको अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
purnabahadur-kc-10-13.jpg

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबैलाई भोट हाल्न अनुरोध गरेका छन् । 

खड्काले आइतबार सामाजिक सञ्जालमार्फत फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह्र रूखमा भोट हालेर विजय गराउन अनुरोध गरेका हुन् ।

'यो निर्वाचनमा म उम्मेदार किन उठ्दै छैन त्यसको कारण माघ ६ गतेको दिन सामाजिक सञ्जालमार्फत सवैलाई प्रष्ट पारिसकेको छु', खड्काले फेसबुकमा लेखेका छन् । उनले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न हुनु पर्दछ, यसका लागि माग तथा शुभकामना गरेका छन् ।

आगामी बिहीबार बिहान ७ बजेदेखि शुरू हुने मतदान केन्द्रमा गई प्रनिधि सभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुवै मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिन्ह्र रूखमा स्वस्तिक छापको लालमोहर लगाई भारी बहुमतका साथ विजय गराउन खड्काले सबै मतदातालाई आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ