काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) नियुक्ति विवादमा आजदेखि सुरु भएको सुनुवाई हेर्दाहेर्दै रोकिएको छ । बुधबार सुनुवाई नसकिएपछि बिहीबार फेरि सुनुवाई गर्नेगरी रोकिएको सर्वाेच्च अदालतले जनाएको छ ।
अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिटमा बुधबारदेखि बहस सुरु भएको हो । बुधबार निवेदकका तर्फबाट निवेदक कपिलदेव ढकाल, अधिवक्ता ओमप्रकाश अर्याल, भीमार्जुन आचार्य र शम्भु थापाले बहस गरेका थिए । त्यस्तै निव्दककै तर्फबाट बद्री बहादुर कार्की, तुलसी भट्ट, हरि फुयाँल र बालकृष्ण न्यौपानेले बहस गरेका थिए । बिहीबार रिट निवेदक ढकाललाई डे९ घण्टा बहस गर्न समय दिईएको र त्यसपछि प्रतिपक्षीको बहस सुन्ने कार्यतालिका रहेको अधिवक्ता ओमप्रकाश अर्यालल् जानकारी दिए ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा बहस सुरु भएको हो। अधिवक्ता कपिलदेव ढकालले गत माघ २८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेत ५ र शेरबहादुर देउवासहित ४ जनाको नाममा सर्वोच्चमा रिट हालेका थिए। त्यसपछि फागुन १ गते डिआईजी नवराज सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ३ जनाविरुद्ध अदालतमा रिट दायर गरेका थिए।
डीआइजी नवराज सिलवालको रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्री बहादुर कार्की, अधिवक्ता टिकाराम भट्टराई, ओम प्रकाश अर्याल, बाबुराम कुँवर लगायतले बहस गर्दैछन्।