arrow

रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
bishwaprakash-sharma-82-11-24rrr.jpg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी आफूले लिन तयार रहेको बताएका छन् ।

निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकको नेतृत्व गर्नेगरी जनमत दिएको स्वीकार गर्दै शर्माले कांग्रेसलगायतका मूलधारका दलहरूप्रति जनताको विश्वास किन गुम्दै गयो भन्ने विषयमा गम्भीर समीक्षा हुने बताएका हुन्।

उनले तत्कालीन महामन्त्री र हालको नेतृत्वको रूपमा पार्टीलाई रूपान्तरण गर्न नसकेको कमजोरी आफूले स्वीकार गर्ने स्पष्ट पारे।

शर्माले निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई बलियो बनाउन मतदान गर्ने सम्पूर्ण मतदातालाई कांग्रेस पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरे।

पार्टीले विशेष महाधिवेशनमार्फत आफूलाई बदलेको सन्देश जनतामा लिएर जाने प्रयास गरे पनि त्यसका लागि पर्याप्त समय नपाएको उनको गुनासो छ ।

विशेष महाधिवेशन सकिएको ५० दिन पुग्दा नपुग्दै निर्वाचनमा जानुपरेको उल्लेख गर्दै उनले कांग्रेसको अवस्थालाई ’इन्जुरी टाइम’ मा मैदानमा उत्रिएको खेलाडी र भर्खरै अस्पतालबाट डिस्चार्ज भएर रेस्लिङ खेल्न पठाइएको बिरामीसँग तुलना गरे।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको नेतृत्वमा रहेको नाताले अहिलेको पराजयको जिम्मेवारीको भाग मेरो जिम्मेवारीमा पनि पर्छ । त्यसको मात्रात्मक रूपमा हामी भोग्छौँ नै । यसको सम्पूर्ण दोष बोक्नैपर्छ भने म बोक्न तयार छु, हामी बोक्न तयार छौँ ।’

उनले यी सबै अफ्ठ्याराका बाबजुद जनतालाई बुझाउन नसकेकोमा आत्मालोचना गर्दै पार्टीलाई रूपान्तरण गरेरै छोड्ने दृढता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ