एलपी ग्यासको बढी मूल्य लिनेलाई कारबाही गर्न महासंघको माग [विज्ञप्ति]
सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गर्नु गम्भीर अपराध, कानूनी कारबाही गर्न सरकारसँग माग
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
928
Shares
काठमाडौँ। ग्यास बिक्रेता महासंघ नेपालले ग्यास अभाव भएको र केही ठाउँमा बढी मूल्य लिएर ग्यास बिक्री गरिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले विज्ञप्ति जारी गर्दै अहिलेको असहज परिस्थितिमा पनि बजारमा ग्यास अभाव नभएको दाबी गरेको छ।
सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गर्नु गम्भीर अपराध भएको पनि महासंघले जनाएको छ।
कतै बिक्रेताले बढी मूल्य लिएको भए तत्काल बन्द गर्न महासंघले आग्रह गरेको छ। साथै, यस्तो काम गर्ने विक्रेता वा उद्योगलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।
महासंघले गैरकानूनी रूपमा बढी मूल्य नलिन सबै जिल्ला संघमार्फत विक्रेतालाई जानकारी गराउन पनि अपील गरेको छ।