वरिष्ठ नेता र विज्ञहरूसँग सरसल्लाह गरेर अघि बढ्न शेखर कोइरालाको सुझाव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
931
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न वरिष्ठ नेता र विज्ञहरूसँग नियमित सरसल्लाह गर्न आग्रह गरेका छन्।
सोमबार धुम्बाराहीमा आयोजित कार्यक्रममा नेता कोइरालाले संसदमा आउने विभिन्न विषय र मुद्दाहरूको गहिरो अध्ययन र छलफल आवश्यक रहेको बताए।
यस पटक वरिष्ठ र अनुभवी सांसदहरूको संख्या कम भएको उल्लेख गर्दै उनले नवनिर्वाचित सांसदहरूले उनीहरूको अनुभवबाट लाभ लिनुपर्नेमा जोड दिए।
उनले नेपाली कांग्रेसले यस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको भन्दै नवनिर्वाचित सांसदहरूलाई सफल कार्यकालको शुभकामनासमेत दिए।