arrow

खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
khani-tatha-bhugarbha-bibhag.jpg

काठमाडौँ । नेपालका खनिजजन्य उद्योगहरूबाट दुई अर्ब १४ करोड रुपैयाँ राजस्व असुली भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार यो रकम गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा सङ्कलन भएको हो।

विभागले चुनढुङ्गा, रातोमाटो, धातु तथा बहुमूल्य पत्थर लगायतका खनिज वस्तुहरूको उत्खनन अनुमति प्रदान गरेबापत र अनुमतिपत्र नवीकरण शुल्कबाट उक्त राजस्व प्राप्त गरेको हो।

गत आर्थिक वर्षमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामा उत्खननका लागि अनुमति दिएको थियो। खनिज क्षेत्रको यो सक्रियताले देशको आन्तरिक राजस्वमा महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ