arrow
ADVERTISEMENT

आफन्तको कोसेली पेट्रोल र ग्याँस

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
Gass.jpg.jpeg
गोपाल पोखरेल, उदयपुर । पहिले काठमाडौंमा बस्नेले तराइतिरबाट आउने आफन्तलाई पेँडा, कुराउनी, गुन्दु्रक, भट्मास, कोदोको पिठो, अकबरेको अचार, अलैची, अम्लिसोको कुचो कोसेली माग गर्थे । चाडपर्वको समय परे खसी, घिउको माग हुन्थ्यो तर मुलुकको परिबर्तित अबस्थाले हिँजो आज पेट्रोल, डिजल र ग्याँसलाई प्रमुख कोसेली बनाएको छ ।   

यतिबेला आफन्त काठमाडौं आउने खबर पाउने बित्तिकै प्राय सबैको एउटै कोसेली माग हुने गरेको छ । ‘सक्नुहुन्छ भने १० लिटरजति पेट्रोल र एक सिलिन्डर ग्याँस लिएर आउनुस् है यहाँ त साह्रै समस्या परिसक्यो’ प्रायजसो सबैका आफन्तले भन्ने गर्छन् । काठमाडौंमा भन्दा तराइमा सहजरुपमा पाइने ठानेर उनीहरुले कोसेलीको रुपमा यी बस्तु माग गर्ने गरेका हुन् ।

‘काठमाडौंका आफन्तले पेट्रोल र एक सिलिन्डर ग्याँस कोसेली लिएर आउनु भनेका छन्’ त्रियुगा नगरपालिका — २ का नरेश ढकालले भने, ‘तराइमा चाँहीँ सजिलै पाइन्छ भन्ने ठानेर यसो भनेका होलान्, तर, यहाँ आफुले दाउरामा खाना पकाउन थालेको तीन महिना नाघिसक्यो ।” पेट्रोल नपाएर मोटरसाइकल थन्क्याएको एक महिना नाघेको उनले बताए ।

कतिपयका आफन्तले भने हार्न नसकेर १० हजार प्रतिगोटाका दरले सिलिन्डर खरिद गरेर आफन्तलाई पठाइदिने र आफैं लिएर जाने गरेका छन् । तीनसय रुपैयाँका दरले खरिद गरेको १÷२ लिटर पेट्रोल पनि धेरैका लागि कोसेली बन्ने गरेको छ ।
‘काठमाडौं जाने बसका यात्रुले कतिपयले आधा र केहीले भरी ग्यासका सिलिन्डर कोसेली लैजान्छन्’ बस व्यावसायी आनन्ददेव चौधरीले भने, ‘मिनिरल वाटरका बोतल भने पेट्रोलले भरिएका हुन्छन् ।”काठमाडौं नगई नहुनेले हार्न नसकेर महँगो मूल्यमा खरिद गरेर यी बस्तु कोसेली लैजाने गरेको उनले बताए ।   

‘गत बर्षहरुमा दशंैका समयमा खासी, बोका र चामल बेकेर काठमाण्डौ जाने बस र जीप यस बर्ष   पेट्रोल र ग्याँस बोकेर गए’ अर्का व्यावसायी बिष्णु श्रेष्ठ भन्छन्, ‘पेट्रोलियम पदार्थमाथि भारतले नाकाबन्दी लगाएपछि काठमाडौंबासी आफन्तका लागि कोसेली नै फेरिएको छ ।’ 

पछिल्लो समय तराइका पम्पमा पनि महिनामा एक पटक भन्दा बढी पेट्रोल आउन सकेको छैन । त्यसैले सर्वसाधारले पम्पबाट पेट्रोल पाउँदैनन् । ग्यासको अबस्था पनि यस्तै भएकाले ग्यास व्यापारीले ग्यास दिदैनन् । तर व्ल्याकमा पेट्रोल र ग्याँस पाइने भएकाले तीन गुणा बढी महँगोमा खरिद गर्नु पर्ने वाध्यता छ । 

सर्बसाधारणलाई मात्र होइन, कतिपय सरकारी अधिकृतहरुलाई नै माथिल्लो तहका कर्मचारीबाट ग्यास र पेट्रोल कोसेलीका रुपमा माग हुने गरेको छ ।  एक सरकारी अधिकृतले भने, ‘सक्दिन भनेर भन्नपनि आफ्नो विभागका मानिसलाई कसरी भन्ने ?’ पठाउनका लागि व्ल्याकमै नकिने अरु उपाय छैन ।’

हार्न नसक्ने भएकाले तीन गुणा बढी मूल्यमा पेट्रोल र ग्याँस खरिद गरेर कोसेली पठाएको ती अधिकृतले बताए । ‘सरकारी भएपनि प्रशासन र प्रहरीलाई भन्दा अन्यलाई व्यपारीले वास्ता गर्दैनन्’ उनले भने, ‘त्यसैले बढि मूल्य तिरेर टाटा सूमो मार्फत कोसेलीको रुपमा काठमाण्डौ पठाए ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ