arrow

गरिमा विकास बैङ्कका ग्राहकहरूले ओम हस्पिटल र कान्तिपुर डेन्टल हस्पिटलको उपचार सेवामा छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
garima-bikash-bank-new-logo-jan-2026.jpg
फाइल तस्बिर

काठमाडौँ। गरिमा विकास बैङ्क लिमिटेडका ग्राहकहरूलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल   (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। सम्झौता पश्चात् गरिमा विकास बैङ्क लिमिटेडका ग्राहकहरूले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवा अन्तर्गत सिटी स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १०% सम्म छुट प्राप्त गर्नेछन्।

त्यसै गरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)को बेड शुल्कमा १५% तथा अन्य स्वास्थ्य सेवामा १०% सम्म छुट प्राप्त गर्न सकिनेछ। कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)ले प्रदान गर्ने उक्त छुट काठमाडौँको बसुन्धारा सहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाहरूबाट पनि प्राप्त गर्न सकिनेछ।

गरिमा विकास बैङ्क लिमिटेडका ग्राहकहरूले विकास बैङ्कको मोबाइल बैङ्किङ र डेबिट-क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुवै हस्पिटलहरूबाट सहजै छुट प्राप्त गर्न सक्नेछन्।

हाल, गरिमा विकास बैङ्क लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नवीनतम डिजिटल बैङ्किङ मार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ