arrow

चार दलले दिए मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
krishnaprasad-yadav-madhes-president-congress.jpeg

जनकपुर । मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन् । प्रदेशका सत्तारुढ चार दलले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई निरन्तरता दिने निर्णय गरेका हुन् । 

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा नेपाल) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता युवराज भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेश संसदीय दलका नेता जयनुल राइनको हस्ताक्षरसहित आज जारी विज्ञप्तिमा यादव नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिने उल्लेख छ ।

प्रदेश सरकारको पक्षमा पूर्ण बहुमत छ : मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारको पक्षमा पूर्ण बहुमत रहेको बताएका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो सरकारलाई चार दलको समर्थन कायम रहेको बताए ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेससहित सत्तारुढ चार दलको आज जनकपुरधाममा बसेको बैठकले बुधवारका लागि विश्वासको मत लिने विषयमा छलफल भएको जानकारी दिए । उनले आफ्नो सरकारलाई नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका १७, नेपाली कम्युनिष्ट पार्टीका १५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका आठ जना गरेर ६२ प्रदेशसभा सदस्यको समर्थन कायम रहेको बताए ।

मधेस प्रदेशका चार दलको बैठकमा वर्तमान सरकारलाई अझ राम्रोसँग सञ्चालन गर्ने विषयमा छलफल भएको मुख्यमन्त्री यादवले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ