arrow

हामीले कसैलाई पाखा लगाउने होइन, सबैलाई समेटेर अघि बढ्ने प्रयास गरिरहेका छौँ - विश्वप्रकाश

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
congress-gandaki-bhela.jpg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले कसैलाई पाखा लगाउने नभइ सबैलाई समेटेर अघि बढ्ने प्रयास गरिरहेको बताएका छन्का । 

पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले भने, ‘विशेष महाधिवेशनको विरोध गर्ने साथीहरूको पनि यो पार्टी उत्तिकै हो।’ उनले थपे, ‘हामीले कसैलाई पाखा लगाउने होइन, सबैलाई समेटेर अघि बढ्ने प्रयास गरिरहेका छौँ ।’

उनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने बताए। विशेष महाधिवेशनको पक्ष वा विपक्षमा उभिएका आधारमा कसैलाई विभेद नगर्ने स्पष्ट पारे ।

उनले पछिल्ला निर्णयहरूले पार्टी सबैलाई समेटेर अघि बढ्न खोजिरहेको सन्देश दिएको दाबी गरे । महिला सङ्घको सभापतिमा मीना खरेल, संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे तथा केन्द्रीय समितिमा १९ सदस्य मनोनयन गरिनु त्यसैको उदाहरण भएको शर्माले जिकिर गरे ।

उनका अनुसार तीमध्ये धेरै नेता विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्, तर पार्टीले उनीहरूको भूमिका र योगदानलाई सम्मान गर्दै जिम्मेवारी दिएको हो ।

उनले भने, ‘दुई महामन्त्रीलाई कारबाही गर्दा स्पष्टीकरण सोध्न आवश्यक नपर्ने तर जिम्मेवारी दिनुपर्दा चाहिँ अरूलाई सोध्नुपर्ने ? यस्तो अभ्यासले राम्रो सन्देश दिँदैन।’

लामो समयदेखि चर्चामा रहेको ‘६०/४०’ भागबन्डाको राजनीतिक संस्कार अब अन्त्य हुनुपर्ने उनले बताए ।

शर्माले भने, ‘अब ६०/४० को कुरा छोडिदिनुस् । अब सबै मिलेर १०० प्रतिशत कांग्रेस बनाऔँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ