arrow

शेखरले अघि सारे प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
shekhar-koirala-16-12.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन्। कांग्रेसभित्र तीव्र विवाद र असन्तुष्टि बढिरहेको भन्दै डा कोइरालाले एकताको मिलनबिन्दु स्वरूप यी प्रस्तावहरू अघि सारेका हुन्।

 कोइरालाले १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अध्यावधिलाई अनिवार्य (म्यान्डेटोरी) नगर्ने प्रस्ताव पहिलो बुँदामा समावेश गरेका छन्। त्यस्तै उनले १४ औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पनि गरेका छन्। 

उनले १४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्यसम्पादनमा सभापतिको बहुमत हुने गरी गठन गर्ने तथा निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव अघि सारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ