arrow

नारी दिवस किन मनाउने ?

logo
सुमन खनाल,
प्रकाशित २०७३ फागुन २५ बुधबार
suman_khanal.jpeg
काठमाडौ । स्कुलमा रिजल्ट आउने तयारी हुदै थियो, कक्षा ५ मा जेहेन्दार तथा मेधावी कहलिएको विद्यार्थी म सबैले दोस्रो हुने दावेदारी प्रस्तुत गरेका थिए कारण त्यो कक्षामा सधै केटी मात्र प्रथम हुने प्रथा जस्तै बनिसकेको थियो | तर एकाएक दोस्रो स्थानमा प्रथम हुनेको नाम आएपछि सबको नजर म माथि पर्यो र मेरो नाम प्रथम स्थानमा आयो | 
 
त्यसपछि बधाई दिनेको ओहिरो लाग्यो सम्पूर्ण स्कुलका विद्यार्थीहरुको र मेरा साथीहरुको उत्सव थियो एक नारीको हारको | मलाई पनि बदला पुरा भएको अनुभूति अवश्य भएको थियो तर उनको सुमन बधाई भन्ने भावना र कत्तिपनि बिचलित नभएको प्रस्तुतिले मलाई त्यो बदलाको भावनालाई दवाएर राखिदियो । 
 
मैले प्रिन्सिपल सरलाई सोधें म भन्दा खुशी किन अरु छन् ? सरले भन्नुभयो यो उत्सव होइन सुमन, यो नैराश्यता हो ,यहाँ पोथी बासेको भन्छन बुद्धिजीवीहरु, यो अहिलेको मात्र होइन धेरै वर्ष देखिको हो , ऋषिमुनिहरूको कालदेखि नै नारी अघि बढ्दाको नैराश्यता |
 
मलाई बाबाले पाउनु भएको भन्दै हिड्ने र मैले मम्मीको होइन बाबाले बुबु खुवाउनु भएको भन्ने मेरो घर नजिको भाइको यो भनाई मलाई सत्य नै लाग्थ्यो किनकी उसले आमाको प्रसव पीडा देखेको थिइन न त आमा बिरामी भएर बाबाले डेरीको दुध खुवाएको | हाम्रो शास्त्रीय साहित्यले लेखेको छ स्त्रीको हालीमुहाली चल्ने ठाउँमा छिटै बिनाश हुन्छ यो सही नै हो किनकी यसमा नारीलाई अज्ञानता र बुद्धिहीनको पर्यायको रुपमा हेरिन्थ्यो र स्त्री शब्दले लिङ्ग नभएर सम्पूर्ण त्यो पिछडिएका वर्गको प्रतिनिधित्व गरेको थियो | सृष्टिकर्ताले फरक क्षमता बनाएर झेल अवश्य गरेकै हुन् तर खुला प्रतिस्पर्धामा रोक भने लगाएका छैनन् र नारी शक्तिको सम्मान गरेक छन् | 
 
गाउँमा नारी हिंसा बन्द गर, छोरीलाई स्कुल पठाऊ भन्ने पुस्ता हामी नै अन्तिम पुस्ता हौ जसले लिङ्ग विभेदको मुद्दा उठाउदै छौ तर यो त पुस्तौ पुस्ताको रीति रहेछ जसमा हामीले धेरै प्रगती गरिसकेका रहेछौ | 
 
एकजना दिदीले प्रश्न सोधिन् कि म आइमाई हुँदैमा किन आलोचना धेरै खेप्नु पर्ने ? मैले भने तिमी आइमाई हैनौ, I+My = म र मेरो भन्ने यो विचित्रको शब्दले मेरो स्वमित्वको चिज भन्ने जनाउँछ र मानिसको स्वाभाविक प्रकृति हो आफ्नो चिजलाई आलोचना हेला गर्ने अरुकोलाई सम्मान । मैले बहिनीलाई यहि भन्छु कि तिमि छोरो हौ किनकि म तिमीलाई निरुत्साहित गर्न चाहन्न, तिमीलाई छोरोमा नै सब उर्जा छ भन्ने लाग्छ भने अवश्य तिमीमा दृढ बिश्वास आउनेछ र मैले भन्दा धेरै राम्रा काम गरेर तिमीले आफ्नो नाम राख्न सक्छौ, बाबाआमालाई भोलि तिमीले नै पाल्नेछौ | 
 
नारी दिवस किन मनाइन्छ ? 
दिवस भनेको महत्वपूर्ण चिजको महत्वको स्मरण गर्न मानिन्छ जस्तै पृथ्वी दिवस, स्वास्थ्य दिवस आदि । नारीको महत्व नबुझ्ने कोही छैन तर पनि यो दिवस मनाउन बाध्य छौ कारण हामीले नारी अन्याय विरुद्ध जग हालिसकेको अवस्था छ र यसलाई मुर्त रुप दिन भने बाँकी नै छ किनकी संकुचित नारीवादको भुत हामीलाई उतार्नु छ र पुरुष बिनाको समानान्तर कार्य असम्भव छ भन्ने भावना ल्याउनु जरूरी देखिन्छ यसमा तर्क छ कि नारी हुँदैमा अवसर पाउनु वा बन्चित हुने भन्ने भ्रम चिरौं । 
 
संकुचित नारीवादले स्वच्छ प्रतिस्पर्धा हुने ठाउँमा अयोग्य नारीले पदलाई न्याय गर्न नसक्दा अनि समृद्दी सम्भव होला ? प्रधानन्यायाधीश शुशीला कार्की महिला भएकै कारणले यस पदमा अवश्य पुगेकी होइनन् नत एन्जेला मोर्केल । सक्षमता विकास गर्नका लागि आफूले प्रष्ट गन्तब्य तय गरौ र यसमा बाधा पार्ने विरुद्द पनि खबरदारी अवश्य गरौ । सम्पूर्ण नारी शक्तिलाई सम्मान एवम् शुभकामना । 
 
लेखक चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुरमा अध्ययनरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ