arrow

फुटेका कार्यकर्ता बटुल्न मेरो उम्मेद्वारी : सुशील कोइराला

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
Sushil-koirala.JPG.jpeg
पोखरा । काँग्रेस सभापति सुशील कोइरालाले पार्टी एक ढिक्का बनाउन र फुटेका कार्यकर्तालाई एक ठाउँमा बटुल्ने फेरि पनि आफुले अभ्यास गर्ने बताएका छन् । घुमाउरो भाषामा सभापति कोइरालाले १२ औं महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको भन्दै आसन्न १३ औं महाधिवेशनलाई एकतापूर्ण बनाउनु पर्ने र जसका लागि आफुनै योग्य उम्मेद्वार रहेको प्रष्ट्याए । नेपाली काँग्रेस, कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कोइरालाले काँग्रेसलाई एक ढिक्का बनाउन कार्यकर्तालेनै नेतृत्वलाई दबाब दिनुपर्ने सुनाए ।  
 
कोइरालाले भने,‘पार्टीभित्र एकआपसमा आरोप प्रत्यारोपको संस्कृति मौलाएको र जसले समग्र सङ्गठनलाई हित नगर्ने भएकाले नेतृत्वलाई एक बनाउन कार्यकर्ताले नै आफ्नो कुरा आफै राख्नुर्पछ ।’ १३ औंँ महाधिवेशन सम्म आइपुग्दा समेत पार्टीभित्र भावनात्मक एकता कायम हुन नसकेको कोराइलाको तर्क छ । संस्थागत मर्यादा कायम गर्दै आरोप प्रत्यारोपबाट मुक्त हुनुपर्नेमा कोइरालाले जोड दिए । 
 
लोकतान्त्रिक अभ्यासका लागि काँग्रेसले लामो समयदेखि अनवरत सङ्घर्ष गरेको स्मरण गर्दै कोइरालाले देशलाई हिंसाबाट शान्तिको बाटोमा ल्याएको र नेपाली जनताको सङ्घर्षकै उपलब्धिका रुपमा काँग्रेसकै नेतृत्वमा देशले नयाँ लोकतान्त्रिक संविधान प्राप्त गरेको बताए । यद्यपि, कांग्रेस भित्रकै कतिपय नेताहरुले संविधान सम्झौताको दस्ताबेज मात्रै भन्दै आएका छन् । कांग्रेसबाटै गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनेका डा. रामवरण यादवले आफैले प्रमाणित गरेको संविधान जानु हुने त्रुटी थियो भनेका छन् ।
 
कांग्रेस भित्रैबाट लोकतान्त्रिक संविधान बनेको जस लिने कार्यको अभ्यास नभएको पूर्व सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले सार्वजनिक कार्यक्रममै भनेका छन् । यस अर्थ कांग्रेस भित्रै समेत संविधानको विषयलाई लिएर एक अर्कालाई कमजोर बनाउने परिपाटी विद्यमान रहेको टिप्पणी भइरहेको छ । सभापति कोइरालाले देशलाई सङ्कट परेका बेला काँग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति कोइरालाले मधेसमा जारी आन्दोलनलाई वार्ताकै माध्यमबाट समाधान गर्न पार्टी सकारात्मक रहेको उल्लेख गरे ।
 
 नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मधेसले शान्तिपूर्ण आन्दोलनका माध्यमबाट आफ्ना पहिचान स्थापित गर्न खोजेको उल्लेख गर्दै मधेस आन्दोलनको राजनीतिक रुपमा समाधान गर्न काँग्रेसले अग्रसरता लिनुपर्ने आवश्यकता औंल्याए ।  वर्तमान सरकारले संविधानलाई मिचेर भागवण्डाका नाममा मन्त्रालय फुटाएको उल्लेख गर्दै आचार्यले सरकारलाई जोगाउने नाममा राज्यको अर्बौंको दायित्व बढ्ने गरी गरिएको कार्य गलत भएको टिप्पणी गरे । संविधानको कार्यान्वयनको जिम्मालाई पनि दृढताका साथ काँग्रेसले पूरा गर्ने बताउँदै देशलाई अब आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढाउनुपर्नेमा आचार्यले  जोड दिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ