- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन। माडी नगरपालिकाको प्रमुख पदमा ठाकुरप्रसाद ढकाल विजयी भएका छन् । ढकाल ले तीन हजार ८७३ मत ल्याएर विजयी ल्याएका छन् ।
त्यस्तै नेपाली काँग्रेसका खेमप्रसाद महतोले तीन हजार ८२९ मत ल्याए । ४४ मतको अन्तरले ढकाल विजयी भएको निर्वाचन अधिकृत इन्द्रकुमारी थपलियाले जानकारी दिए ।
उपप्रमुखमा नेकपा (एमाले)का ताराकुमारी काजीमहतो विजयी भइन् । काजीमहतोले चार हजार ६९० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धीमा माओवादी केन्द्रकी सरिता महतोले तीन हजार ८०४ मत प्राप्त गरिन् ।
नौवटा वडा रहेको माडीमा एमालेले वडाध्यक्षमा ३, ६, ७, ८ र ९ नं वडामा जितेको छ । माओवादी केन्द्रले २ र ४ नं वडामा वडाध्यक्ष जितेको छ । काँग्रेसले १ नं वडामा वडाध्यक्ष जितेको छ । २१ हजार ६७२ मतदाता रहेको यो नगरपालिकामा १६ हजार ३७१ मत खसेको थियो । रासस