arrow

माझीहरुको पेशा नै संकटमा परेपछि गुजारा टार्न धौधौ

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
District-03-Panchthar-hamrakura.jpg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । तमोर नदीको किनारमा बसोवास गर्दै आएका माझीहरु यो बर्ष समस्यामा परेका छन् । पाँचथर र तेह्रथुमको सीमा भएर बग्ने तमोर नदि किनार आसपास लामो समय देखि बासोवास गर्दै आएका माझि जातीहरुले नदिका माछा मारेर गुजारा चलाउने गरेका छन् । माछा मारेर जिविकोपार्जन गर्ने उनिहरुको पुख्यौली पेसाका रुपले चिनिएको सो  प्रचलनमा यो बर्ष भने विभिन्न कारणले धरासायी बनेपछि माझीहरु समस्यामा परेका हुन् ।सडकको पहुँच पुगेकाले गैह्र माझीहरुले पनि सो नदिदेखि माछा दोहन गर्न सुरु गरेपछि संकटमा पर्दै गएको उनीहरुको जिवीको पार्जनको आधार गत २७ जेठमा आएको भिषण बाढीले समस्या उत्पन्न गराएाको हो ।

छिमेकी जिल्ला ताप्लेजुङका विभिन्न ६ वटा गाविसमा एकैसाथ गएको पहिरो पश्चात तमोर नदिमा आएको वाढीले सयौ टन माछा एकै पटक बाहिर निकालिदिए पछि अहिले नदिमा माछाको खरेडी लागेको स्थानिय माझिहरुको बुझाइ छ । माछा मारेरै गुजारा चलाउने तेह्रथुम सिम्ले ३ सिम्राघाटका प्रकाश माझीले भने पहिले – पहिले यो सिजनमा एक जनाले दैनिक ५ देखि १० किलो माछा माथ्र्यौ,तर यसपालि खोलामा माछा मासिएकाले दिनभरी खट्दा वेलुका तरकारी खाने पनि पुग्दैन । तमोर नदी किनारमा पर्ने पाँचथरको अमरपुर ९ पिनासीघाट, नक्कलेघाट फिदिम र भारपाको संगममा पर्ने माझीटारसँगै तेह«थुम र पाँचथरको सिमानामा पर्ने सिम्राघाट र लुमुघाटमा गरी करिव एकसय पचास माझीहरु वसोवास गर्दै आएका छन् ।

त्यहाँका माझीहरु मध्ये अधिकांशको व्यवसाय माछा मारेर विक्री गर्नु नै हो । उनीहरुले मारेका माछा मध्ये केहि ग्राहक घर–घरमा गएर खरिद गर्छन भने केहि माझीहरुले पाँचथरको फिदिम र तेह«थुमको म्याङलुङसँगै नजिकका वजारसम्म लगेर विक्री गरी आर्जन भएको पैसाले दैनिकी चलाउने गरेका छन् । ‘यो वर्ष आएको वाढीले तमोरका माछासँगै हाम्रो रोजिरोटी पनि वगाएर लग्यो ।’– भारपा ९ माझिटारका बीरवहादुर माझी भन्छन । विगत वर्ष दिनभरीमा पाँचदेखि सात किलोसम्म माछा मर्ने दोभानमा वाढी पश्चात एककिलो पनि पर्न छोडेपछि विभिन्न घाटमा वस्ने माझीहरुले माछा मार्ने जाल,थकौली र वल्छी थन्क्याएको पनि उनले वताए । वाढीमा तमोरका सवैखाले प्रजातीका माछा वगेका कारण पहिलेकै अवस्थामा फर्कन करिव तीनवर्ष लाग्ने माझीहरु वताउछन । बाढी लागेका बेला माछा विक्रीबाटै करोडौँको आम्दानी भए पनि त्यसले आफुहरुको दैनिकीमा दिर्घकालीन असर परेको स्थानिय माझिहरु बताउँछन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ