- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथरमा अहिले २ बजेसम्ममा ७० प्रतिशत मत खसेको छ । १ लाख २० हजार ३ सय २८ मतदाता रहेको पाँचथरमा अहिलेसम्म ७० प्रतिशत मत खसेको मुख्या जिल्ला निर्वाचन अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
जिल्लाका ८ वटै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भईरहेको उनले बताए । बिहान केही गाउँपालिकाहरुमा पानी परेर रोकिएको मतदान पुन सुचारु भएको थियो ।
जिल्लाका १ सय मतदान स्थलका १ सय ५६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको मुख्य निर्वाचन कार्यालय फिदिमले जनाएको छ ।
जिल्लास्तरीय सुरक्षा समितिले सीमावर्ती क्षेत्रका १५ अतिसंवेदनशील, ५७ संवेदशील र २८ वटा सामान्य मतदानस्थलमा निर्वाचन शान्तिपूर्णरुमा भइरहेको छ । पाँचथरमा ८ वटा स्थानीय तहमा ३ सय १६ वटा पदमा उम्मेदवारी परेको छ ।