arrow

हरिशयनी एकादशी : अबका चारमहिना शुभ हुँदैनन् कार्य, यस्तो छ व्रतविधि

logo
कल्की अवतार,
प्रकाशित २०७४ असार २० मंगलबार
harisayani_yakadasi.jpg

काठमाडौं । मंगलबार देश तथा विदेशका हिन्दूहरुले समेत ठूलो एकादशी तथा हरिशयनी एकादशी मनाएका छन् । यस एकादशीलाई हरि शयनी एकादशी, देव शयनी एकादशी र पद्म शयनी एकादशीको नामबाट समेत चिनिने गरेको छ । यो पर्व यस कारण मनाईने गरेको छ कि भगवान विष्णु राजा बलिको पाताल लोकमा यस दिनदेखि कात्तिक शुक्ल एकादशीको दिन शयन गर्न जाने भएकोले त्यसैको सम्झना स्वरुप यो पर्व मनाउने गरिएको हो । 

यो दुई एकादशीको बीचमा गरिएका मांगलिक कार्यहरु भगवान विष्णुसम्म नपुग्ने भएकोले सिद्ध हुन नसक्ने हिन्दू धर्मालम्बीहरुको विश्वास छ । कात्तिक महिनाको शुक्ल एकादशीका दिन विष्णु बैकुण्ड जाने भएकोले सो दिनपछि मात्रै मांगलिक कार्यहरु गर्न थालिन्छ । यो बीचमा गरिएका लाखबत्ति, अन्य पूराणहरु जस्ता कार्यहरुले त्यति फल नदिने धार्मिक विश्वास छ ।

एकादशी ब्रतमा केके विधि अपनाउने ? 

एकादशी ब्रत बस्नेहरुले पहिलो दिन दशमीकै दिनदेखि यो ब्रत बस्न थालिन्छ । यस ब्रतको समयमा चना, मुसुरो, सागपात, घर बाहिरको अन्न, तामसिक भोजन र गृहस्थको प्रयोग निसिद्ध छ । यो समयमा रातभरी नै भूईमा चोखो गुन्द्री विच्छ्याएर ब्रह्मचार्यका पालन तथा आचरण पूरा गर्नु पर्दछ । त्यस्तै, दशमीको दिन रातीदेखि नै भगवान शिवको भजनकीर्तन गर्ने गरिन्छ।

एकादशीको दिन प्रातस् कालमा नै उठेर दैनिक कर्मबाट निवृत्त भएर भगवान विष्णुको पूजाआजा गरी विष्णु सहस्रनाम तथा भगवान विष्णुको मन्त्रको जप गर्नुपर्छ । यो व्रत एकादशीको साँझसम्म जारी राख्नु पर्दछ । यो दिन विशेषतः विष्णु प्रायश्चित यज्ञका लागि प्रशस्त समय दिनुपर्दछ । जसले गर्दा यज्ञ तथा एकादशीको व्रत ब्रतगर्दा सबै पापहरु नष्ट भई मानिसको मनोकामना पूरा हुने विश्वास हिन्दूधर्मालम्बीहरुको छ । 

एकादशीको दोस्रो र तेस्रो दिन प्रदोष व्रत बस्ने गरिन्छ । यो व्रत पछि मात्रै एकादशी व्रतको पूर्ण प्रभाव रहने हिन्दूधर्मालम्बीहरुको विश्वास छ । यो समयमा यदि शालिकग्राम पाईन्छ भने त्यो पनि प्रयोग गरेर लक्ष्मी माताको पूजा गर्नुपर्छ भन्ने विश्वास छ । त्यस्तै, दक्षिणवर्ती शंखबाट अभिषेक पनि गर्नुपर्ने विश्वास छ । यस दिन दूध(दही, शहद लगायतले अभिषेक गर्नुपर्छ । दूध, दही तथा फल ग्राह्य छ । 

यस दिन तुलसी पनि रोपिन्छ । तुलसी रोप्नेबेलामा यस्तो मन्त्रको प्रयोग गरिन्छ । 
- ॐ नमो नारायण, 

- ॐ नमो भगवते वासुदेवाय, 

- ॐ विष्णवे नम: इत्यादि। इति :।     

यसरी सबै विधि प्रक्रिया पूरा नगरी गरिएको पूजाको कुनै अर्थ नरहने धार्मिक गुरुहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ