विखण्डनकारी अतिवाद, मण्डले राष्ट्रवादका विम्ब र झुण्डले सिक्नै पर्ने पाठ

पृथ्वीविचार र व्यवहार

प्रकाशित मिति : २०७२ पौष २२ बुधबार
काठमाडौं । ‘नेपाली उपनिवेश अन्त हो, मधेश देश स्वतन्त्र हो’–यो कुनै दार्शनिक अर्थात महापुरुषको भनाई होइन । आफ्नै दर्शन विर्सिएको उपज हो । विखण्डनको शंखनाद ! अहिले मधेसमा यही स्वतन्त्रताका लागि आन्दोलन, मारपीट आदि इत्यादी भइरहेको छ । भूमिको लडाई जे भने पनि । नेपाल राष्ट्रको तराई–मधेस चोइट्याउने स्वतन्त्रताको आवाज उठ्दै छ । विस्तारवादविरुद्धको आन्दोलनका नाउमा अतिवाद फस्टाउन उद्दत छन्, हिजो आजका विद्धान् । वुद्धिमानहरुको खडेरी भने कायम छ । नयाँ नेपाल बनाउने नाममा राष्ट्रको अस्तित्वमाथि खेलवाड गर्दैछन् शासकहरु । राष्ट्रिय एकता, न्याय र समावेशी समाजको उल्टो अर्थ लगाउन थालिएको छ । राष्ट्र विर्सिएका शासकहरुको असली अनुहार प्रष्ट भइसकेको छ । जहाँ खोक्रो राष्ट्रवादमात्रै बाँकी छ । नागरिक भोक अथवा रोगले छट्पटी–छट्पटी मरिरहेको छ । युद्ध जित्नेको होड अझै जारी छ । तर, युद्ध के का लागि भन्ने सवालको जवाफ न युद्ध लड्ने संग छ, न युद्ध हार्नेसंग । युद्धको प्रतिद्वन्द्वी को ? नागरिक वा भू–गोल ? अन्य प्रतिद्वन्द्वी त कोही छैन । न अहिले अंग्रेजहरु छन् । न राणा, पन्चायत, बहुदल, राजतन्त्र आदी इत्यादी । अहिलेको प्रतिद्वन्द्वी को ? अहिले एउटै ड्याङका लोकतन्त्रवादी र गणतन्त्रवादीहरुको बथान छ । जहाँ युद्ध छेड्नु पर्ने कुनै कारण नै छैन । सबै एउटै संसदीय व्यवस्थामा अटाएका छन् । भरण पोषण भइरहेकै छ । कसैले–कसैलाई शत्रु भन्नु पर्ने कुनै कारण छैन ।
 
कि लडाई उल्टियो ! एकता गर्नु पर्नेमा झगडा । एकिकरण गर्नु पर्नेमा खण्डिकरण । अब फेरि कुन युद्ध ? कुन् पहिचान र स्वतन्त्रता खोज्दै छौं हामी ? हामीलाई प्रदत्त पहिचान, इमान र जमान खै ? कै पृथ्वी विचार ? खै नेपाली दर्शन ? किन हटाइयो नेपाली दर्शनशास्त्रीय शिक्षा नीति ? पश्चिमाको दर्शन शास्त्रीय शिक्षा नीतिको नक्कल गर्ने राज्य व्यवस्थामा आत्मनिर्भरता, स्वतन्त्रता, ज्ञान, सीप, विकास संस्थागत हुने आधार के ? समाजवाद, लेनिनवाद, माओवादको नारा बेचेर भरण पोषण गर्ने प्रवृति कुन् दर्शन हो ? यो नेपाली दर्शन हुनै सक्दैन । नेपाली दर्शन, अपराजित पृथ्वीविचार भन्दा अरु हुन पनि सक्दैन । असली समाजवाद भनौं या विकासवाद, मात्रै पृथ्वी दर्शन हो । जो नेपाली दर्शन मात्र होइन एसियाली दर्शन हो । पृथ्वीनाराण शाहको दिव्योपदेश एक्लो दर्शन होइन । समग्र योग्यहरुको दर्शन हो । नेपाल एकिकरणको नेतृत्व पृथ्वीनारायणले गरेपनि धेरै योग्यहरुको सल्लाह, सुझाव, त्याग र वलिदानका असाधारण कथाहरु महान् एकिकरण अभियानमा जोडिएका छन् । पृथ्वीलाई विस्तारवाद भन्ने गणतन्त्रवादी हुन् वा पहिचानवादी उनीहरुले सिक्नैपर्ने उपदेश पृथ्वीले एकिकरणको जस आफु मात्रै लिएका छैनन् । पृथ्वीनाराण योग्य योजनाकार हुन् । योग्य नेताले योग्य सहयोगि छान्दछ । पृथ्वीनारायणले समेत त्यसै गरे । योग्य मध्यका योग्यलाई जिम्मेवारी दिए । अयोग्यलाई पनि साथमा लिए । फलतः अभियान सफलतामा परिणत भयो । आज योग्य माथिका योग्य छनोट गर्न त्यसको ठिक उल्टो घुसपैठ हुन्छ । योग्य र अयोग्य दुवैले नेतृत्व गर्दछन् । अभियान भताभुङ्ग हुन्छ । 
 
अटल हिन्दुस्तान निर्माणको सर्वोच्च नेता
पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता भनेर मात्रै बुझ्न अतियुक्ति हुन्छ । शाह उपनिवेशवादी अंग्रेजलाई पराजित गर्ने एसियाली नेता हुन् । विश्वलाई न्याय, समानता, स्वच्छ प्रशासन दिने, आत्मनिर्भर समृद्ध र शान्तिको विचार दिने विचारक पनि भन्नु पर्दछ । उनको दिव्योपदेश नेपाली दर्शन हो । पृथ्वीविचार कति बलियो र उच्च रहेछ भन्ने प्रमाण एसियाका दुई महान् नेता महात्मा गान्धी र माओत्सेतुङ्गले अघि सारेको चरित्रमा झल्किन्छ । सन् १९४७ मा भारत स्वतन्त्र हुँदा (एकीकृत भारत) बंग्लादेश, पाकिस्तानसहित तीन राज्यमा खण्डित भयो । एकिकृत भारत वेलायती उपनिवेशको सिकार भयो । यद्यपि, पृथ्वीनारायण शाहले बेलायती उपनिवेशविरुद्ध उभिएर अखण्ड नेपाल बनाए । भारतका पाँच सय ३६ राजाहरू आफ्नो देश जोगाउन नसकेर बेलायती उपनिवेशमा विलय भएको इतिहाँस ज्यूँदै छ । 
 
नेपाल विश्वका दुई सय बढी देशहरूमध्ये २४औं पुरानो मुलुक हो । भारतभन्दा दुई सय वर्ष जेठो । यसको श्रेय पृथ्वीनारायण र उनका योग्य सहयोगीलाई जान्छ । ती सबै महापुरुष हुन् । महान् छन् । जसले समृद्ध, एकीकृत र अखण्ड नेपाल निर्माण गरे । नेपाली दर्शन जन्माए । एकिकरणको अभियानलाई विस्तार गर्ने कार्यको नेतृत्व पृथ्वीनारायणका कान्छा पुत्र बहादुर शाहले गरे । अन्य शासकले गरेनन् । आज आत्मनिर्भरताका नाउमा देशलाई कालोबजारी र अभावको चंगुलमा फसाएर शासन भइरहेका सन्दर्भमा पृथ्वीनारायणले स्वदेशी कपडा तथा उत्पादनलाई जोड दिए जस्तै, महात्मा गान्धीले स्वदेशी कपडा र उत्पादनलाई अंग्रेजविरोधी भारतीय स्वतन्त्रता संग्रामको महत्वपूर्ण अस्त्र बनाए । पृथ्वीले स्वदेशी उद्योगी, व्यवसायी एवं श्रमिक र व्यापारीलाई संरक्षण–प्रोत्साहन दिनु पर्दछ भन्ने विचारसंग मिल्नेगरी माओले समेत चीन मुक्त गर्ने बलियो वैचारिक अस्त्र बनाए । माओले अघि सारेको राष्ट्रिय पूँजीपतिवर्गको संरक्षण गर्ने र दलाल पूँजीपतिवर्गको विरोध गर्ने नीति पृथ्वी नारायणको ‘विदेशी महाजन आए भने कङ्गाल बनाउँछन्’ भन्ने विचारसंग सम्बन्धित छ ।     
 
पछि आएर, नेपाली कांग्रेस, २००७ सालको क्रान्तिको घोषणा कार्यान्वयन गर्न राजा त्रिभुवनको आनाकानी र पछि राजा महेन्द्रको प्रजातन्त्रविरुद्धको तानाशाही कदमले शाहका पूर्खाबारे बोलेन । कम्युनिष्टहरू स्वभावैले पनि राजतन्त्रविरोधी भएकै कारण राजा र उनका पुर्खाबारे कहिल्यै खुलेर बोल्न चाँहदैनन् । देशमा प्रजातन्त्र पुनःवहालिपछी बहुदलीय संसदीय व्यवस्थाको सुदृढतातिर दलहरुको क्रियाकलाप केन्द्रित नभई दलगत भावनाले चालित सत्ताप्राप्ति नै राजनीतिको विषय भइरहेको छ । वर्तमान अवस्थामा राष्ट्र एउटा निकासहिन संकटमा फसेको छ । एकातिर बाघ र अर्कोतिर भीर भन्ने लोकोक्ति चरितार्थ हुने संकटापन्न परिस्थितिको सामना नागरिकहरुले गरिरहेका छन् । 
 
बहुराष्ट्रिय राज्यको माग र पृथ्वीनारायणको बहुजातीय पहिचान
सबै जातको फुलबारी सबैको हक र हैसियत बराबरी 
पृथ्वीविचार नै नेपाली प्रजातन्त्रको बीजरुप हो । राष्ट्रिय एकता स्वतन्त्रता, सम्पन्नता र समानता पृथ्वी विचारका चार आधार हुन् । अहिले ती चार आधार मध्ये तीन आधारका लागि लडाई चलिरहेको छ । तर, पहिलो आधार ‘राष्ट्रिय एकतालाई सिध्याएर पछिल्ला तीन आधारको लुछाचुँडी चलिरहेको छ । बहुजातीयका नाममा होस् वा बहुराष्ट्रियका नाममा । बंगाली भाषाको मल्टि नेशनलाई बहुजातीयको सट्टा बहुराष्ट्रिय भन्दै परिभाषित गर्न थालिएको छ । तराईमा बहुराष्ट्रियको आवाज उठेको छ । ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबै जातको फुलबारी हो सबैलाई चेतना भया’ भन्ने सदुउक्तिले नेपाल बहुजातीय मुलुक हो भन्ने प्रष्ट्याएको छ । सबै जातको साझा फूलबारी हो कसैले  पनि राष्ट्रप्रति खेलाँइची र बेइमानी नगर्न पृथ्वीविचारले सबैलाई सचेत गराएको छ । बुहजातीय मुलुकमा स्वभाविक रुपमा बहुभाषा हुन्छ, बहुधर्म र बहुसंस्कृति हुन्छ । सत्य अर्थमा नेपाल सबै नेपालीको साझा फुलबारी, सवै नागरिकको हक र हैसियत बराबरी भन्ने स्पस्ट भावना र व्यवहार नै पृथ्वीविचार हो ।
 
पृथ्वी विचारले नेपालीलाई जातीय समानता, पारस्परिक सम्मानले नै नेपालको राष्ट्रिय एकता र राष्ट्रियतालाई बलियो बनाउँदछ भन्ने दिशा निर्देश गरेको छ । साम्प्रदायिकता चर्काउने नभई साम्प्रदायिक सद्भाव बढाउने, जातीय भेदभाव र असमानता बढाउने खालका गतिविधि समाप्त पारेर लानेतर्फ राज्य सजक हुनु पर्दछ । दलित, महिला, जनजाती, गरिब, तराइवासी र पीछडिएका भाषाभाषी सबैको राज्यका हरेक क्षेत्रमा समान उपपिस्थति र पुहँच विस्तार गर्न सके साझा फूलबारीको मर्मले मूर्तरुप पाउने छ । आज राज्यले जुन अभ्यास गरिरहेको छ, त्यो अभ्यासको मार्ग निर्देश पृथ्वीनायणले कयौं अघि गरेका थिए । तर, हामी दर्शन नबुझेर पटक–पटक विकास लक्ष्यमा चुकेका छौं । जसका लागि राजानै चाहिने राजतन्त्र नै फर्काउनु पर्ने भ्रमबाट समेत नेपाली समाज मुक्त हुनु पर्दछ । त्यसताका शासक राजा भएकै कारण राजाले अवलम्बन गरेको बाटो अहिले गैर राजाहरुले हिड्न नहुने भन्ने हुँदैन । हिजोको भू–उपयोग नीति र भू–राजनीतिको समेत व्याख्या विश्लेषण हुन जरुरी छ । 
 
साइकल चढ्ने र आत्मनिर्भरताको औपचारिक नारा
सीप र प्रविधि सिकाऊ, दक्ष जनशक्ति बनाऊ
ज्ञान, सीप र प्रविधिमा पछि पर्दा राष्ट्रले कुनै पनि क्षेत्रमा प्रगति गर्न शक्दैन भन्ने दूरदर्शी सोच पृथ्वीनारायणकै हो ।  आज विज्ञान प्रविधिको विकासमा संसार दौडिरहेको छ । ‘कपरा बन्न जान्यालाई नमना देखाई सघाउनु’ भन्नुको तात्पर्य ज्ञान, सीपको विस्तार गर्नु भन्ने नै हो । सीप र प्रविधिमा नागरिक पछि परे भने राष्ट्र पछि पर्दछ भन्ने बुझेका पृथ्वीनारायणकै विचारसंग सम्बन्धित चीनियाँ नेता तेङ स्याओ पिङलेको विचार महान् ठहरियो । पिङले आफ्नो देशका युवा विद्यार्थीलाई विज्ञान, सीप र प्रविधि सिकाउन अमेरिका पठाए । असोज ३ मा संविधान जारी हुँदा सम्म संगै रहेको नेपाली शीर्ष राजनीति भोलिपल्टबाट ध्रुविकरण भयो । खुलामन्चमा राष्ट्रिय एकताको ढ्वाङ् फुक्ने दलहरुले पछिल्लो समय मुलुकलाई अनिर्णयको बन्दी बनाएका छन् । असन्तुष्टहरुलाई चिड्याउने र साम्प्रदायिकता भड्काउने खालका अभिव्यक्ति दिएका छन् । परनिर्भरताकै पराकाष्ठा इन्धन अभावमा नागरिकलाई रुमल्याएर शीर्ष नेताहरु सस्तो लोकप्रियताका लागि साइकल चढ्ने र आत्मनिर्भर बन्ने औपचारिकताका पुजारी बनिरहेका छन् । 
 
कांग्रेस–कम्युनिष्टहरू अब अलमलमा पर्न हुँदैन । पृथ्वीनारायणलाई बोक्दा निरंकुश राजा र तिनको निर्दलीय शासनकालका कुकर्महरूको बोझ बोक्नु पर्ने सन्त्रास हट्नु पर्दछ । ता कि पञ्चायतकाल भर राजाले प्रजातन्त्रको हत्या, निर्वाचित सरकार अपदस्थ र सैन्य ‘कू’ को बलमा एकदलीय शासन लादेर ब्रह्मलुट गरे । यो भूतले छोड्नै पर्दछ । पृथ्वीविचार अनुसरणको फाइदा गणतन्त्रवादी कांग्रेस– कम्युनिष्टलाई माक्र्स, लेनिन, माओ, स्टालिन, पुष्पलाल, मनमोहन, मदन तथा लिंकन, गान्धी, जयप्रकाश, नेहरू, वीपी, गणेशमान, कृष्णप्रसाद, सुवर्णका नाउँमा संगठित भएको सार हुनेछ । पृथ्वीनारायणको योगदान किनारा लगाउने मण्डले राष्ट्रवादका विम्ब र झुण्ड अब, फेरि पनि राजा आऊ देश बचाऊ, पारस आऊ शासन गर, हिमानी आऊ प्रजातन्त्र बचाऊ, हृदयेन्द्र आऊ दरबार बचाऊ भन्ने मानसिकता त्यागेर राष्ट्रिय एकताका लागि मैदान ओर्लनु पर्दछ । राष्ट्रका नक्षत्र पृथ्वीनारायणसंग थर, गोत्र र वंश मिल्नेहरुले उनको दिव्योपदेश फेरि एकपटक पढ्नै पर्दछ ।    
 
ता कि पृथ्वीनारायण एक्लो निरंकुश राजा हुन भन्दा जनताको राजा हुने इच्छा राख्दथे र गरे पनि त्यसै । उनले भनेकै छन्,‘म विराज बखतीलाई काजी बनाउन चाहन्थेँ, तर जनताको चाहना कालु पाँडेलाई बनाउनुपर्छ भन्ने थियो ।  आफ्नो इच्छालाई तिलान्जली दिएर जनताको इच्छा पूरा गरेँ, किनभने जनता बलिया भएमात्र, दरबार बलियो हुन्छ–भन्ने राम्ररी बुझेको छु ।’ महत्वपूर्ण त के भने अहिले पश्चिमाहरु पृथ्वीनारायणले दिए जस्तै उपदेशको अनुसरण गर्दै मूलुक व्यवस्थापन र विश्व हाँक्न उद्दत छन् । त्यहाँको एक गभर्नरलाई साँढे (गोरु)प्रति मोह छ । उ साँढेको ब्राण्ड विश्वभर बेच्दछ । साँढेकै जुधाई हेरेर देशको आर्थिक उन्नति देख्दछ । त्यसको विपरित हामी हिन्दुत्व समाप्त पार्दै गाई मास्दै छौं । गोरु उत्पत्ति कहाँबाट हुन्छ ? राष्ट्रिय जनावर गाई भएकैले राजावादीहरुले आफ्नो चुनाव चिन्ह भनेर नाक ठूलो पार्नुको कुनै तुक छैन । अमेरिकनहरुको ‘बुल ह्याट’ किन्ने सामथ्र्य राख्दै हामीले ‘मिल्क ह्याट’को निर्यात गर्न सक्नु पर्दछ । ता कि प्रचुर कृषि उत्पादनमा तीब्रता दिई विदेशीने युवा जनशक्ति रोकेर पृथ्वीविचारको ‘सीप र प्रविधि सिकाऊ, दक्ष जनशक्ति बनाऊ’ भन्ने सदुउक्तिलाई चरितार्थ गर्नु पर्दछ । अर्को कसैमाथि विजय गर्नु मात्रै महत्वपूर्ण नहुन सक्छ–जो पृथ्वीनारायणले गरे । तर, वार गरेसंगै त्यस राज्यका जनताको मन जित्नु र एकै शूत्रमा बाँध्नु महत्वपूर्ण हो । त्यो पनि पृथ्वीनारायणले नै गरे । भुरेटाकुरे राजाहरुलाई काटे जनता बटुले । युद्धको असाधारण शक्ति त्यही नै थियो । जो योग्य माथिका योग्यकै साथ सहयोगले सफल भयो । आज त्यो नेपाली दर्शन संकटमा छ । –ब्यूरो, सामग्री
 
नयाँ