- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हामी कुराकानी गर्छौ, कसैले बुझोस भनेर । चिठी पत्र लेख्छौ, ईमेल गर्छौ, प्रापकले सन्चो- बिसन्चो थाहा पाओस्, हालचाल जानोस्, प्रती-उत्तर लेखोस भन्ने आकांक्षा लिएर । अखबार पढ्छौ, कहाँ के भईरहेको छ र के हुँदै छ वा के भएको थियो भनेर जानकारी हसिल गर्नका लागी । कसैलाई शुभकामना, बधाई वा समबेदना ब्यक्त गर्छौ- एक अर्का का सुख- दुखमा सह्भागी र सम्बेदनशिल बन्न । पम्प्लेटिङ्ग्, पोस्टर आदी टास्छौ, केहि मह्त्वपुर्ण कुराको जानकारी दिने-लिने सुचना प्रवाह्का लागी । भाषण छाट्छौ या उद्घोषण -सम्बोधन गर्छौ- यी सबै कुरा बोध गराउन छरिएका विबिध अभिब्यक्ती हुन् । टाढा बसेकालाई लेघ्रो तानेर बोलाउनु वा टिनिन्न घन्टी बजाउदा परिचार टुप्लुक्क आइपुग्नु अथवा ट्ङ्ट्ङ घण्टी बजाउदा सारा बिद्यार्थीहरु कक्षा तिर मोडिनु र हरेक कारखाना, बैंक, क्याम्पस, गुल्म, थुना आदी आदी ठाउ घण्टै पिच्छे आवाज लिइ मान्छेलाई समयको मात्र होईन्, कर्तव्यको पनि ज्ञान गराउदछ । यी कुराहरुबाट बिबिध अभिब्यक्ती दिई एक अर्का प्रती हुने बोधात्मक स्थितिको सिर्जना गर्न हामी निकै चतुर छौ ।
टाउको हल्लाएर, आखा झिम्काएर, फिस्लिक्क ओठ लेब्राएर अथवा सहज हातका ईशाराले या मृदुल स्पर्श गरेर पनि हामी कतिपय भर पर्दा अभिब्यक्ती गर्ने गर्छौ । प्रत्तिर आफ्नै ढङ्ग बत मुखरित हुन्छ । प्राचिन एतिहासिक बस्तुको अन्बेषण गर्न या पुरातात्विक उत्खनन गर्न भग्नावशेषका रुपरेखाहरुले वा ललित र स्थापत्यकला एब चित्रकलाले धेरै सारगभिर्त कुराहरु भनिरहेका हुन्छन । खुसुक्क पहाड भत्कन्छ , लुसुक्क ज्वालामुखी बिस्फोट हुन्छ , भुकम्प जान्छ, नदिले खोलाको तट भागलाईइ काटेर तासेर उडाइदिन्छ । तैपनी त्यसले भौगोलिक बिषय अध्ययन गर्नेलाई महत्वपुर्ण तथ्य अभिब्यक्त गर्दछ । बगिरहेको पानी होस्, बिकट घना जङल अग्राखियोस्, उच्च हिमालहरु मौनब्रती बनुन तर ति अवाक भए तापनी दुबोर्ध्य छन भनेर सोच्नु मुर्खता हो ।
हामिले बुझ्न सक्यौ भने यीनिहरुले धेरै रह्स्यमय कुरो बताउने छन । त्यो मौन अभिब्यक्ती छरपस्ट हुने छ । आज का टेक्नोलोजी का साधनहरु-टेलिफोन,टेलिस्कोप,टेलेक्स आदी जुठा-पुरा स्वचालित संचार साधन हुन । तर यीनिहरुले बोल्ने गरेको भाषा बुझ्नेलाई ममार्हत हुनेगरी आफ्ना गहन अभिब्यक्ती दिइन्छ्न । रेडियो सस्तो होस या महँगो जे भए पनि स्वयम पुर्ण अभिब्यक्ती हो र त्यो सुनेर थाहा हुने सबै बृत्तान्त हो-बोध्! हामी अर्का लाई केहि जानकारी दिन मुख फोर्छौ-केहि भन्छौ । जे भन्छौ त्यो अभिब्यक्ती हो र जे बुझ्छौ त्यो हो बोध । बोध आजको बिज्ञान हो र सारा जनसन्ख्याको कारीब ३० प्रतिशत बिधार्थिहरु बिधालय मा आफ्नो बोधो दिमाग सफा गरी ज्ञान्-बिज्ञानको बोध टास्न निरन्तर दौडिरहेका छन् !
प्रकृतिमा फुल फुल्छ या प्रकृतिले फुल फुलाउछ । त्यसबाट मौसमको सौम्यता देखिन्छ । त्यस अघी पात झर्छन्- पालुवा चढछ्न । अवसर पाउदा फुलहरुलाई फलले बिस्थापित गर्छ । उमेर छिपिदै जादा एकाएक फल पाक्छ-खस्छ र फेरी उम्रन्छ्- यसरि क्रम निरन्तर दोहोरिदै जान्छ । यी सबैले हामिलाई आफ्नै अभिब्यक्ती द्वारा यथार्थ मा मानबिय जिवन शैलिको बोध गराउदछन । हाम्रो जिन्दगीको एक बर्ष भनेको एउटा मौसमको द्व्रादश्-राशि-ब्यापी चक्र हो, जो प्रतिबर्ष अक्षाश र देशान्तर घुमी घुमी पृथ्विको परिक्रम गर्दछ ।" अनि कुरा सुन्नु बुढाको!" भनेर हामी एउटा नियम जस्तै बनाउछौ किनभने त्यहाँ अभिब्यक्ती को चरम अवस्था भेट्टाउछौ । मान्छे बुढो हुनु भनेको उसको बोधको सिमाक्षेत्र बिस्तृत हुनु हो । अभिब्यक्ती प्रौढ हुनु हो ।
साइनबोर्ड्, युनिफोर्म्, झण्डा तथा बिबिन्न सिम्बोलहरुले आ-आफ्नो कार्यशैली र पद्वतिहरुको अभिब्यक्ती गर्छन । जोतिरहेको किसान ले गोरु खेदिरहेको हुन्छ; फकाउछ्- हप्काउछ तर खेतिपातिमा उसले दिने गरेका अभिब्यक्ती हरुले सुतेर खानेहरु लाई मुखभरिको जवाफ दिइरहेका हुन्छन । पसल मा बसेर कोही ग्राहक आउछ कि भनेर नबोलिकन बटुवाहरुलाई टुलुटुलु हेरिरहन्छ भने पनि त्यहाँ अभिब्यक्ती भएको प्रतित हुने गर्दछ अथवा चाहिएको सामान किनेर लग्न उसले मौन अभिब्यक्ती गरी नै रहेको हुन्छ्, चाहे सन्कोचले चुपचापै रहोस । बिचारर्को तार्तम्यले भित्री हृदय लाई बोल्न कर लगाउछ र स्वर लहरी गुनगुनाउछ तब हामी केहि बोलिरहेका हुनछौ । केहि सारवान तथ्य वाणी बनेर निस्कन्छ । हामी उनिहरुलाई तातित्व सत्यका गाठा फुकाइरहेका हुनछौ । सत्य बाङ्गो हुँदैन तर उल्झन ले जेलिएपछी सत्य खोज्न चारैधाम धाउन पर्छ ।
कठिन तपस्विहरुले सत्य को दर्शन पाउछ्न्; दिब्य बाह्र बर्ष तपस्या गर्दा सत्यलाई छुन सकिन्छ तर सत्यलाई अगालो हालेर चल्न्-बोल्न र खेल्न भने युधिष्ठिर महाराजलाई निमन्त्रणा दिनुपर्ला! को छ सत्य अभिब्यक्तिको अनुसन्धानकर्ता मानव समुदाय मा ? हामी सत्य खोज्न सर्वोच्च पुग्छौ र जे हात लाग्छ त्यसलाई नै सत्य भन्नु पर्छ्, किनभने हामी दुई पक्षका भिखारिहरुले आ-आफुलाई असत्यले घेर्दा सत्यान्वेषी न्यायधिशको शरण लिएका हुनछौ । त्यहाँ कुनै एउटालाई शतप्रतिशत सत्य र अर्कालाई त्यती नै असत्य सिद्व गरिन्छ। यो अभिब्यक्ती सर्वमान्य हुन्छ्, नभए पनि मान्नु पर्छ । मान्छेको अदालतबाट दिएको सत्य को फैसला देउताको अदालता मा पुनरावदेन गर्न मिल्दैन । यो अन्तिम अभिब्यक्ती हो । हामी सत्यको अभिब्यक्ती चाहन्छौ र असत्य कहाँ छ ? निरन्तर खोजेर हिड्छौ । सत्य भन्दा असत्य सुलभ छ र सुलभ कुराको बिज्ञापन गरेर हामी जनतालाई सपना बेच्छौ अनि उपहारको मृगतृष्णा आनन्द को अभिब्यक्ती लाद्छौ ।
नभुलौ; स्वच्छ्, सत्य र निष्कपट अभिब्यक्ती दिन सकेनौ भने यथार्थताको बोधिबृक्षबाट हाम्रा सन्तान खस्नेछ्न्र र तिनको भबिष्य निकै दुर रहने छ्, अनि सत्य को दहासस्कार सम्पन्न हुनेछ ।