arrow

थिङ्कट्याकले नै भन्न थाले भारत र चीनबीच अगष्ट भित्रमा युद्ध हुन्छ

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
India-China-Border.jpg

एजेन्सी । भारत-चीन र भूटानबीच त्रिपक्षिय बिन्दु भनिने डोकलाम विवादको सामाधान भूटानले निकाल्न सक्ने विश्लेषण गर्न सुरु गरिएको छ । सो को लागि भुटान आफै विवाद सामाधानको लागि अघि आउनुपर्ने देखिन्छ । करीब डेढ महिनादेखि जारी रहेको  डोकलाम विवाद यहि अवस्थामा रहे भारतीय सेना र चीनको पिपुल्स लिबरेशन आर्मी (पिएलए) बीच अगष्टको अन्त्य वा सेक्टेम्बरको पहिलो सातासम्ममा युद्ध हुन सक्ने खतरा बढेको छ । सो कुराको दावी सीमा विवाद हेर्ने थिङ्कट्याकले गरेका हुन् ।  यो दावी पिएलएको ९० औँ बर्षगाठ अगस्ट १ सँगै गरिएको छ ।


 सेन्टर फर चाइना एनालिसिस एण्ड स्ट्रेटजीकी शोधकर्ता नम्रता हसिजाले भनिन् - यो भन्न गलत हुने छैन कि पिएलएको लक्ष्य  डोकलाममा  ‘सशस्त्र द्वन्द्व’ गर्नु हो ।सोको जिम्मेवारी पिएलएको पश्चिमी थिएटर कमाण्डलाई दिइएको छ । पिएलएको एक तिहाई सैनिक यसै कमाण्डमा तैनाथ रहेका छन् ।

नम्रताका अनुसार , सम्पुर्ण कमाण्डले भारतसँग टकराव बढाउने छैन तर त्यसको एक टुकडी भने शान्त बस्ने छैन । पश्चिमि थिएटर कमाण्ड भारत- चीन सिमामा तैनाथ छन् । जसमा  तिब्बत, लद्दाख, अरुणाचल र सिक्किमका साथै अक्साई चीन पर्दछ ।ऊचाईमा रहेका चौकीमा ठूलो संख्यामा सेना तैनाथ गर्नु , आवश्यक समाग्री पुर्‍याउनु , तिब्बत र लद्दाखमा ट्रेनिङ प्राप्त सैनिकलाई पठाउनु वेस्टर्न थिएटर कमाण्डको मुख्य जिम्मेवारि हो ।

शोधकर्ता नम्रता यो भन्दा पहिले इन्स्टीट्यूट अफ पीस एण्ड क्नफ्लिक्ट स्टडीजमा वरिष्ठ अनुसन्धान अधिकारी रहेकी थिइन् ।  भारत-ताइवान सम्बन्ध र चिनियाँ विदेश नीतिमाथि कयौ बर्ष देखि उनि लगातार काम गरिरहेकी छन् । नम्रताका अनुसार , उनको 'सेन्टर फर चाइना एनालिसिस एण्ड स्ट्रेटजी' का अध्यक्ष जयदेव रानडेले एक बर्ष पहिले नै दुइ देशबीच जुन तनाव छ, त्यसलाई मध्यनजर गर्दै २०१७ को अगस्ट-सेक्टेम्बरबीच चीन भारत युद्ध हुन सक्ने बताएका थिए ।

उनि भन्छिन्- चीनको 'वेस्टर्न थिएटर कमाण्ड' एक बर्ष देखि भारतसँगको सिमामा नयाँ भौतिक संरचना निर्माण गरिरहेको छ जुन आवश्यक परेको खण्डमा शक्तिको प्रयोग गर्न सकियोस । चीनले निकालेको तथ्याङ हेर्दा चीन बर्ष दिन देखि टकरावको स्थिति  बनाउन लागेको थियो । चीनले एक तर्फ विदेशी व्यापार र कूटनीतिकसँग बार्ताको लागि खुल्ला रणनिति लिएको छ भने अर्को तर्फ पिएलएलाई पहिले भन्दा ज्यादा आक्रामक बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा भारतलाई अफ्ट्यारो सिर्जना गर्नु पनि चीनको यसै योजनाको एक हिस्सा हो ।


'सेन्टर फर चाइना एनालिसिस एण्ड स्ट्रेटजी' का अनुसार चीन भारतसँग तीन कारणले जटिलता रहेको छ । वन बेल्ट-वन रोड प्रोजेक्टलाई भारतले स्विकार नगर्नु यसको पहिलो कारण हो । जसले चीनलाई ठुलो नोक्सान पुर्‍याउने छ । दोस्रो, अमेरिकासँग भारतको नजिकिदो सम्बन्ध । थिङ्कट्याकका अनुसार , तेस्रो र ताजा कारण चाहि  भूटानको डोकलाम सीमा विवाद हो । १६  जुनमा पिएलए डोकलाम इलाकामा घुसेर सडक बनाउन सुरु गर्‍यो ।
 
सो समय रोयल भूटान आर्मीको गस्ति टोलिले चिनियाँ सैनिकलाई रोक्ने प्रयत्न गरेका थिए । तर चीनले नमानेपछि भूटानको आग्रहमा भारतीय सेना सो स्थानमा पुगेको हो । भारतीय सैनिक यति चाडो डोकलाम पुग्नेछ भन्ने चीनले अन्दाज लगाउन सकेको थिएन । चीन सो स्थानलाई आफ्नो इलाका मान्छ । भारत सो स्थानमा भुटानसँग भएको सन्धिका कारण पुगेको हो । यो चीनलाई मन परेको छैन किनभने त्रिसंगममा सडक बनाउने प्रोजेक्ट रोकिएको छ । जुन अरुणाचल माथि चीनको दाविलाई मद्दत गर्ने थियो ।  भारत भूटानको लागि सो स्थान पुगेको हो त्यसैले डोकलाम विवादको हल भूटानको पहलबाट निकाल्न सकिनेछ ।

चीनको कम्युनिस्ट पार्टीले सन्  २०४९ मा आफ्नो स्थापनाको १०० बर्ष मानउदैछ । त्यसलाई मध्यनजर गर्दै सि जिनपिङ सरकारले चीनको वास्तविक नक्शा ( जसमा तिब्बत, अरुणाचल उसको भुभाग हो) पुन हासिल गर्ने योजना तयार गरेको छ  ।  त्यसको  लागि उनले  सेनामा ठुलो सुधार गरेका छन् ।
 
'' सेनको पहिलाको ७  मिलिट्री रीजनलाई ५ थियेटर कमाण्ड बनाएको छ । सीमासम्म चाडै पग्नको लागि आधारभुत  संरचना तयार गरिएको छ । विशेष सेना बनाइएको छ जुन सबै खाले हतियार र प्रविधिसँग काम गर्न सक्छन् । तिब्बत, अरुणाचल प्रदेश, सिक्किम, लद्दाख र पाकिस्तानको कश्मीर चीनको सो योजनाको सबैभन्दा अहम हिस्सा हुन् । जसलाई चीन आफ्नो नक्शामा मिलाउन चाहान्छ । ''

चीनले हालै तिब्बतमा ठुलो सैन्य सम्झौता गरेको छ । तिब्बत भारत-चीन सम्बन्धको प्रस्ताव क्षेत्र हो । तर चीन सधै तिब्बत माथि दावी गर्दछ त्यसैले चीनको जनतालाई भरोसा दिलाउन उसले सो अभ्यास तिब्बत बोर्डरमा गरेको हो । चिनियाँ सञ्चारमाध्यम लगातार भारत बिरुद्ध खनिएका छन् ।  उकासने पनि छन् तर २ बर्ष पहिले यस्तो स्थिति थिएन ।

चीन, नेपाल, श्रीलंका र पाकिस्तानमा आफ्नो उपस्थिति बढाएर भारतलाई घेर्ने कोशिश गरिरहेको छ । भारतलाई  यूएन सिक्युरिटी काउन्सिलमा सदस्यता दिन चीन मानि रहेको छैन ।तिब्बत माथिको दावि पछि अब चीन लद्दाखलाई 'लिटिल तिब्बत' भन्न सुरु गरेको छ ।

चीन सिक्किम सेक्टरको डोकलाम इलाकामा सडक बनाउदै छ। डोकलामको पठारमा चीन, सिक्किम र भूटानको सिमा जोडिन्छ । भूटान र चीन सो इलाकालाई आफ्नो भएको दावि गर्छन् ।  भारत भूटानलाई सहोग गर्दैछ। भारतमा सो स्थानलाई डोकलाम र चीनमा डोंगलोंग भनिन्छ।

चीनले जुनको पहिलो साता सो स्थानमा सडक बनाउन सुरु गरेको हो ।भारतले विरोध गर्दा चीनले घुसपैठ गर्‍यो। चीनले भारतको दुई बंकर तोड्यो । सो समय देखि तनाव रहेको छ । सिक्किमको मे १९७५ मा विलय भएको हो । चीन पहिले सिक्किमलाई भारतको हिस्सा मान्न तयार थिएन ।तर  सन् २००३ मा चीनले सिक्किमलाई भारतको राज्यको दर्जा दियो । तर  सिक्किमका केहि भुभाग चीन आफ्नो बताउदै आएको छ।

यो सबै विवादकको कारण १८९० मा भएको समझौता हो । जुन ब्रिटिश शासनले चीनका चिंग राजवंशसँग गरेको थियो ।त्यसमा फरक फरक स्थानमा सिमा देखाइएको थियो ।सो अनुसार एक ठुलो हिस्सा भूटानको कब्जामा रहेको छ  जहां भारत भुटानलाई सहयोग गर्दै सैन्य सहयोग पनि रहेको छ ।  यसै समझौताको हिस्सामा पर्ने डोकलामको पठारमा भारत र  चीनका जवान शून्य डिग्री भन्दा तल्लो तापक्रममा रहेका छन् । यहाँ सैन्य उपस्थिति सामान्य रहेको छैन ।

चीन जहाँ सडक बनाउदैछ सो इलाकाबाट २० किलोमिटरको  भुभाग सिक्किम र पूर्वोत्तर भारतीय राज्यसँग जोडिन्छ । जसलाई  ‘चिकेन नेक’ पनि भनिन्छ । चीनले सो  इलाकामा दखल बढाए भारतको कनेक्टिविटीमा असर पर्नेछ । भारतको कयौ राज्य चीनको तोपको दुरिमा पर्नेछ ।

यदि चीनले सडक बनाए भूटानको इलाकामा घुस्ने मात्र नभइ भारतको सिलीगुड़ी करिडोर माथि पनि उसको अधिकार बन्न सक्नेछ । २०० किमी लम्बाइ र ६० किमी चौडा सिलीगुडि करिडोर पूर्वोत्तर राज्य भारतको बाकी राज्यसँग जोड्छ । यसैले सो क्षेत्रमा भारत चीनको उपस्थिति चाहादैन ।


द न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, ''भूटान १९७१ मा यूएनको सदस्य बनेदेखि नै  चीनसँग कुनै पनि किसिमको कुटनैतिक सम्बन्ध रहेको छैन । भुटानमा अर्को छिमेकी मुलुक भारतको केन्द्रिय भूमिका रहि आएको छ । बार्षिक एक अर्ब डलरको आर्थिक तथा सैन्य सहयोग भारतले भुटानलाई दिदै आएको छ ।''
 
''चीन सीमा विवाद अन्त्य गर्नको लागि भुटानलाई प्रलोभनमा पार्ने प्रयत्न गर्दैछ । जो पुरा भए त्यहाँ लगानी गरेर र जमिनको प्रयोग गरेर आफ्नो  दबदबा देखाउन चाहान्छ । केहि दिन पहिले भूटानका विदेश मंत्रालयले चीनले पुरानो  समझौता तोडेको जनाएको छ ।"

'' भारतीय सेनाका अवकाश पाप्त कर्नल तथा रणनीतिक विशेषज्ञ अजय शुक्लाका अनुसार भूटान सो मामिलामा सुरु देखि नै असहज स्थितिमा रहेको छ । भुटान दुवै देशबीचको निशाना बन्न चाहदैन । केहि दिन पछि चीनमा कम्युनिस्ट पार्टी कांग्रेसको   सम्मेलन  हुदैछ । जसमा राष्ट्रपति सि जिनपिंगलाई दोस्रो कार्यकाल दिन सक्नेछ ।विश्लेषकका अनुसार सि जिनपिंग आफ्नो नेतृत्वलाई मजबूत देखाउनने प्रयत्न गर्दैछन् । यसैले यो विवाद अझ केहि समय चल्न सक्छ ।''



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ