- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सानो मुलुक भए पनि नेपालमा जन्मिएका नागरिक विश्वभर पुगेका छन् । विश्वका धेरैजसो मुलुकमा नेपाली पुगेका भएपनि गैरआवासीय नेपाली संघको औपचारिक तथ्यांकअनुसार विश्वका ५५ मुलुकमा नेपाली छन् । भारतमा मात्रै लगभग २० लाख नेपाली रहेको अनुमान गरिएको छ ।
वैदेशिक रोजगारीको बढ्दो चापका कारण खाडी क्षेत्रमा नेपालीको उपस्थिति अत्यधिक छ । खाडीपछि युरोप र अमेरिकाजस्ता पश्चिमी मुलुकमा नेपालीको बलियो उपस्थिति छ । 'वैदेशिक रोजगारीका लागि दैनिक १६ सय नेपाली बाहिरिइरहेका कारण पनि खाडी क्षेत्रमा संख्या बढ्दो छ त्यससँगै पढाइ र अन्य कारणले बिदेसिनेको संख्या पनि बढिरहेकाले पश्चिममा पनि नेपाली थपिने क्रम जारी छ ।
समस्या
जसले विप्रेषण (रेमिट्यान्स)सँगै पारिवारिक विखण्डन पनि ल्याउँदैछ भत्रे स्पष्ट झल्को दिएको छ । अर्थोपार्जनका निम्ति श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीका लागि जानु नेपाली युवा र समाजको बाध्यताजस्तै बनेको छ । वैदेशिक रोजगारले धेरैलाई फलिफाप बनाए पनि कसैका लागि भने अभिशाप नै बनेको छ । युवा उमेरका जोडी लामो समयसम्म छुट्टिएर बस्नुपर्दा त्यसले अनेकौँ समस्याका साथै सामाजिक एवम् पारिवारिक विखण्डनसम्म निम्त्याएको छ ।
बिदेशीएकाहरूले पठाएको रकमबाट स्वदेशमा बस्नेले विलासी जीवनशैली अपनाउने, परपुरुष–परस्त्रीसँगको सम्बन्ध बढाउनेजस्ता विकृति देख्न थालिएको छ । वैदेशिक रोजगारबाट व्यक्तिको आर्थिक हैसियत ह्वात्तै बढ्ने र सम्पत्तिको सही सदुपयोग हुन नसक्दा केही मानिसलाई विचलितसमेत बनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा हराएको मानिस खोजीका लागि पर्ने उजुरी सङ्ख्या बढ्दो रहेको, जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा पनि उकालो लागेको र बिदेसिएका श्रीमान्ले घरमा श्रीमतीलाई रकम पठाउने र घर आउँदा श्रीमती र सम्पत्ति पनि केही नहुने समस्या बढ्न थालेपछि पछिल्लो समयमा विदेशबाट संयुक्त खातामा रकम पठाउने क्रम पनि बढ्दो रहेको बताइएको छ ।
अहिले वैदेशिक रोजगारका कारण बिथोलिएको परिवारलाई मिलाउनु टाउको दुःखाइको विषय बनेको, १६ देखि ४५ वर्ष उमेरका व्यक्ति हराउने गरेका र प्रायजसो उजुरी वैदेशिक रोजगारीबाट फर्केकाहरूले आफ्ना श्रीमान् वा श्रीमती हराएको भनेर दिने नै बढी रहेको प्रहरीको भनाइ छ ।
विदेशबाट आएको रेमिट्यान्सले ग्रामीण अर्थतन्त्रलाई सहयोग गरे पनि त्यसको सही सदुपयोगको अभावमा विकृति निम्त्याउने त होइन भत्रे चिन्ता पनि बढेको छ ।
सकारात्मक पक्ष
सबै परिवारमा यस किसिमको विकृति देखिएको छैन, कतिपयको गलत प्रवृत्ति र पष्ठिभूमिले पनि पारिवारिक विचलन ल्याउने गर्छ, एकाध परिवारमा देखिएको विकृत रूप र विचलनबाट अरू डराउनुपर्ने अवस्था छैन ।
लामो समय प्राकृतिक प्रकोपमा परेको वा गृहयुद्ध जस्तो आन्तरिक समस्याबाट ग्रस्त धेरै जसो मुलुकहरुको अर्थतन्त्र अनुमान गर्नै नसकिने परिमाण र रफ्तारमा ओरालो लाग्ने गर्छ । तर विगत १३ वर्षको अवधिमा १० वर्ष सशस्त्र बिद्रोह सामना गर्न परेको र पछिल्लो ३ वषर्देखि त्यसैको प्रभाव भोगिरहेको नेपालको आर्थिक सुचांक हेर्ने हो भने हामीले अरु मुलुकले जस्तो आर्थिक दुर्दशा भोग्न नपरेको मात्र होइन कूल राष्ट्रिय आय र प्रति व्यक्ति आय दुबै केहि मात्रामा बढेकै पाउँछौं ।
सशस्त्र विद्रोह ताका कृषि उत्पादन घटेको, उद्योगहरु राम्ररी चल्न नसकेको, कृषि पछिको दोस्रो ठूलो उद्योग मानिने पर्यटन उद्योग करिब करिब धरासायी भएको बेला देशको अर्थतन्त्रलाई ओरालो लाग्नबाट जोगाउने मात्र होइन, त्यसलाई चमत्कारिक रुपले उकास्ने जस्तो अहम भूमिका खेल्ने एक मात्र कारक तत्व वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुले घर पठाएको रिमटि्यान्स नै हो ।
वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अदक्ष, अर्धदक्ष, पूर्णदक्ष र विशेषज्ञ भनी वर्गीकरण गरेको पाइन्छ । तिनमा , पूर्णदक्ष र विशेषज्ञको संख्या स्वभावैले कम हुने हुँदा उनीहरुको औसत स्तर अर्धदक्ष नै मान्नु पर्ने हुन्छ । एकजना अर्धदक्ष कामदारको सपना भन्नु आफू माथि आश्रतिहरुले दुई छाक पेटभरी खान पाऊन्, छोराछोरीले राम्ररी पढिदिउन्, शहर बस्ती नजिक एक टुक्रा घडेरी किनूँ, त्यसमा एउटा सुविधायुक्त घर बनाउन, खेतीपाती गर्न वा सानोतिनो दोकान खोल्न लगानी गर्न सकियोस् र बुढेसकाल अभावमुक्त भएर बितोस् भन्ने नै त हो । यसबाट के अनुमान लगाउन सकिन्छ भने कामदारहरुले पठाउने त्यो अपार धनराशी मध्ये आधा उहि आश्रतिहरुको पालनपोषण र छोराछोरीहरुको शिक्षादीक्षामा खर्चिन्छ भने बाकी आधा अनुत्पादक घरघडेरीमा लगानी हुन्छ ।
नेपालको विकासका लागि
युवा उद्यमशीलता र स्वरोजगार नै देश बिकासका महत्वपूर्ण औँजार हुन् । वास्तवमै युवाहरुलाई जती 'इङगेज' गर्न सकियो त्यती नै छिटो देशले प्रगतिको वाटोमा फडको मार्न सक्छ । वढिरहेको युवा पलायनलाई राज्यले देशमै केही गर्ने बातावरण सृजना गरेर रोक्नु अहिलेको आवश्यकता हो । अनी देशमा रहेको श्रीजनसिल युवा शक्तिले पनि अब नकारात्मक भाव मात्र पाल्नु हुँदैन । समयले छलाङग हानी रहेको छ । समयको यस प्रवाहसंग नेपाली युवाहरुलाई जोडन सके देश धेरै माथि पुग्न सक्छ ।
साच्चै भन्ने हो भने के छैन हामी सँग ? सवथोक छ । प्रकृतिले देएको अनुपम प्राकृतिक देन छ । गौतम वुद्धले जन्म लिएको लुम्विनी छ । दुनीयाको छानो सगरमाथा छ । अनी छिटो छिटो हुने मौसम परिवर्तन र समयको सानो दुरिमा फेरिने हावापानी हामीसंगै छ । त्यसभन्दा वढी देशमा केही गरौ भन्ने बृहत सोचको युवा शक्ती छ । अनी हामीसंग त्यस्तो माटो छ जहाँ एकदाना भुइमा खस्दा हजार दाना फल दिन्छ ।
देश बिकासको सम्वाहक युवा हुन् । निर्माण वा ध्वंस के गर्ने भन्ने कुरा त्यो देशको युवा कसरी प्रशिक्षित छ भन्ने मै निर्भर गर्दछ । देशको युवाले राष्ट्रको ईतिहास , पुर्खाका सन्देश र देश निर्माणको जटिल वाटो कती बुझेको छ , त्यती छिटै देशको प्रगती हुन सक्छ । हामीले हाम्रो युवा शक्तिलाई स्वदेशमै 'इङ्गेज ' गर्न राष्ट्र भक्तिको पाठ पढाउनै पर्छ । संगसंगै त्यो युवा शक्तिलाई काम पनि दिनुपर्छ ।
अहिले हामी रेमिट्यान्सको मोहमा देशको सर्वाधिक मंहगो श्रोत युवा शक्तिलाई विदेश पठाइ रहेका छौ । देशमा उद्यम गर्न भन्दा विदेश जान प्रोत्साहित गरिरहेको छौ । यसले अन्तत देशलाई दीर्घकालीन नकारात्मक प्रभाव मात्रै दिन्छ। देश बृद्धाश्रममा परीणत गरेर प्राप्त भएको रेमिट्यान्सले हामीलाई उपभोक्ता त वनाउला तर उद्यमी कहिल्यै वनाउदैन।
अव देशले रेमिट्यान्सको लोभ गर्न हुँदैन । युवालाई सिप र तालिम दिएर देशमै उद्यमशील र स्वरोजगार वन्न अभिप्रेरित गर्नु पर्छ । अहिलेको रेमिट्यान्सले हामीलाई सांस्कृतिक रुपमा भ्रष्ट वनाइ रहेको छ ।
प्रबिधिले दुनियाँलाई यसरी अठ्याएको छ कि अब प्रबिधी मैत्री नबने केही गर्नै सक्दैन । विश्व प्रविधिलाई स्थानिय आवश्यकता मैत्री वनाउदै त्यसको हाम्रो आवश्यकता अनुरुप उपयोग गरिनु पर्छ । हामी दुनीया अनुकुल वदलिने होइन दुनियाँलाई हामी अनुकुल बदल्न विश्व प्रबिधिलाई हाम्रो श्रोत अनुकुल बनाउनु पर्छ । यसका लागि प्राबिधिक शिक्षाको जरुरी छ । अनी जरुरी छ , स्थानिय श्रोत परिचालन सम्वन्धी अध्यापन गर्ने शिक्षण संस्थाको । देशको बिकास आयातित श्रोत वाट होइन , स्थानिय श्रोतको दोहनबाट सम्भव छ । यसका लागि त्यो श्रोत चिन्न सक्ने र त्यसको उपयोगीता बुझ्ने जनशक्ति चाहिन्छ।
हामीले हाम्रा युवालाई ढुङ्गा हान्ने , टायर बाल्ने तोडफोड गर्ने कामका लागि मात्रै उपयोग गरेका छौ । बन्दुक बोक्न र अराजक हुन मात्रै सिकाएका छौ । अब यस्तो कृयावाट देसको बिकास हुँदैन । बिकासका लागि ठुला ठुला कामपनी गर्न पर्दैन । वन्द गराउदै हिंडेको युवाले ,सडकको फोहोर उठाउदै हिंडे हुन्छ । आगो लगाउदै हिडनेले खोला नदी सफा गरे हुन्छ । ढुङ्गा हान्दै तोडेफोड मच्चाउदै हिडनेले धान झुलेको फाटमा धान काटे हुन्छ । यसले हामीलाई श्रम मैत्री बनाउछ । सकारात्मक बनाउछ । जव देशको युवा साकारात्मक सोचको हुन्छ ।