arrow

पाल्पामा यसरी मनाइयो गाईजात्रा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन २४ मंगलबार
palpa_gaijatra.jpg

पाल्पा । पाल्पामा  मंगलबार गाईजात्रा पर्व धार्मिक एवंम सास्कृतिक पर्वको रुपमा मनाईएको छ । भाद्र कृष्ण प्रतिपादका दिन देखि अष्ठमी सम्म मनाईने यस पर्वमा दिवंगत भएका घरको आफ्न्ताले मानिसलाई गाई को रुपमा सिगारेर परिक्रमा गराईने प्रचलन रहेको छ । यसरी परिक्रममा गर्नले मृतकले गाईको पुच्छर समाती बैतारनी पार हुन्छन् भन्ने धार्मिक जन विश्वास रहेको छ ।

यहि परम्परा अनुसार मंगलबार विहानै देखी  सदरमुकाम तानसेन लगायत आसपासका नेवारी बस्तीमा गाईजात्रा निकालिएको थियो  ।   दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाइजात्रा निकाल्ने घरबाट भगवान राम, सिता, लक्ष्मण, कृष्ण, राधाको रुपमा वालवालीकालाई सिगारेर निगुणर भजन, रामायाण गाउदै दिवंगत आत्माको शान्तीको कामना गर्दै, बजार घुमाएका थिए   ।  तानसेनमा निकालिने हरेक गाईजात्राहरुले अनिवार्य रुपमा पाल्पा दरवारमा लैजाने परम्परा आजसम्म पनि कायम रहेको छ । सरकारी निकायको प्रमुख थलो मानिएको दरवारमा गाईजात्रा नदेखाएमा सरकारले मृतकहरुको रेकर्ड राख्न सक्दैन भन्ने परम्परागत मुल्य मान्यताका साथ दरवारमा गाईजात्रा लगिने गरिएको हो ।

राजा प्रताप मल्लले शोकमा परेकी रानी लाई अनेक कोशिस गर्दा समेत सम्झाउन नसकेपछि तिमी लाई जस्तो पिडा जनताहरु लाई पनि परेको छ भनी बुझाउन र बर्षभरीमा आफ्नो राज्यमा कति जनताहरुको मृत्यु भएको रहेछ भने सुचना प्राप्त गर्नको लागी मृतकको घरबाट गाईजात्रा निकाल्ने परम्पराको शुरुवात भएको मानिन्छ । आर्थिक अभाब कम भएका घरपरिवारले भने गाई लाई डोर्‍्याएर बजार परिक्रमा गरी गाईजात्रा मनाउदै आएका छन ।  

पाल्पाको सदरमुकाम तानसेन, वाहेक हार्थोक, रिडी, ताहु, , सिलुवा, विरकोट लगायतका ठाउमा पनि  गाईजात्रा निकालीएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ