मानव प्रजातिको उत्पत्ति जलवायु परिवर्तनका कारण होइन : अध्यायन
प्रकाशित २०७४ साउन २५ बुधबार
768
Shares
एजेन्सी । पृथ्वीमा मानव प्रजातिको उत्पत्ति एक संयोग मात्र भएको हालै गरिएको एक अध्यायनले देखाएको छ । आम धारणा विपरीत संभवत यसको कुनै जलवायु परिवर्तनसँग कुनै सम्बन्ध छैन। अफ्रीकामा पाइएको २८ देखि २५ लाख वर्ष पुरानो जीवाश्मले सो स्थानमा अचानक अनेक प्रजातिका जीवको उत्पत्ति भयो जसमा मानव प्रजाति पनि सामेल थियो भन्ने वैज्ञानिकहरुको तर्क रहेको छ ।
तर विशेषज्ञका अनुसार यति ठूलो संख्यामा अचानक नयाँ प्रजातिका जीवहरुको उत्पत्ति जलवायु परिवर्तन जस्ता दीर्घकालिक वृहद परिघटनाको परिणाम हुन सक्छ । हालै देखिएको अध्यायनमा यसको पुरै संभावना नयाँ प्रजातिहरुको जीवको उत्पत्ति वस संयोग मात्र हो । यो अध्यायन शोधपत्रिका 'पेलियोबायोलजी' को हालैको अंकमा प्रकाशित भएको छ ।
जर्ज वाशिंगटन विश्वविद्यालयका एन्ड्र बार भन्छन् , " २५ लाख बर्ष पहिले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भएर मानव प्रजातिको उत्पत्तिको विचार जीवाश्म विज्ञानको इतिहासमा कुनै गहिराईमा लुकेको छ ।"
बार भन्छन् , "मेरो अध्यायन भन्छ कि लाखौ बर्ष पहिले पृथ्वीमा उत्पन्न भएको सो 'पल्स' को कारण प्रजातिकरणको दरमा अप्रत्याशित उतार-चढावको कारण भयो । मानव प्रजातिको सो समय र सो स्थान उद्भव कसरी भयो, यसको सही उत्तर पाउन हामिले आफ्नो अध्यायनलाई विस्तार दिनु पर्नेछ ।"
पृथ्वीमा कुनै ठूलो वायुमण्डलीय परिवर्तन भए नयाँ प्रजातिहरुको उत्पत्ति हुने आम धारणा रहेको छ । तर यो पुरै प्रक्रिया 'पल्स' ले सहि परिभाषित गर्दैन । त्यसैले विशेषज्ञहरुमा सो कुरालाई लिएर मतभिन्नता रहेको छ । वायुमण्डलीय परिवर्तनको कुन युगलाई प्रजातिको उत्पत्तिको कारक मान्न सकिन्छ र कुन युग्मलाई अप्रत्याशित परिवर्तनको रुपमा लिन सकियोस ।