२०७२ साल फाल्गुण २६ देखि २९ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको १३ औ महाधिवेशन हुँदैछ। यो महाधिवेशन नेपाल र नेपाली जनताको भबिष्यसँग गासिएको छ साथै नेपाली काँगेसको भबिष्यसँग पनि। किनकि यो महाधिवेशनले नयाँ नीति, योजनासँगै नयाँ नेतृत्व पनि चयन गर्ने छ। अहिलेसम्म नेतृत्वको लागि जति नेताहरुले आफ्नो उम्मेदारीको घोषणा गरेका छन् र जसको चर्चा छ उनिहरु सबै बहुदल पछि संसद, मन्त्री, प्रधानमन्त्री भइसकेका छन् र पार्टीमा पनि धेरै समयसम्म नेतृत्व गरि सकेका छन्। आफ्नो योग्यता र क्षमता प्रदर्शन गरिसकेका छन्। अहिलेसम्म जसले आफ्नो उम्मेदारी घोषणा गरेका छन् उनिहरु सबै एकले अर्कोलाई दोष देखाएर अर्को नेतालाई आलोचना गरेर आफ्नो उम्मेद्वारीको पुष्टी गरेका छन्। कसैले पनि यो देशको समृदी, उन्नती प्रगति र पार्टीको आमुल परिवर्तनको लागि आफ्नो भाबी योजना, दृष्टिकोण र विचारलाई अगाडी बढाएको देखिएको छैन। कोहि नेताको पछाडी दगुरेर आफ्नो पद सुरक्षित गर्न लालायित छन् त कोहि पारिबारिक विरासतको कारण आफु नेता हुनुपर्ने दावी छ। यस्तो प्रवृतीहरुबाट देश र पार्टीले कुनै नविनतम सोच, आशा र बिश्वास नै गर्न सक्ने अवस्था छैन। किनकि महान बैज्ञानिक न्युटनले भनेका छन् सधै उस्तै काम र ढंगबाट कुनै नयाँ नतिजाको आशा गर्नु मुर्खता र समयको बर्बादी बाहेक अरु केहि पनि हुन सक्दैन।
पार्टी गुट उपगुटमा विभाजित बनेको छ। युवा नेताहरु पनि कुनै न कुनै नेताको पछि लागेर आफ्नो भविष्य सुरक्षित बनाउन समय खेर फाल्दैछन्। आखिर देशको सबै भन्दा पुरानो लोकत्रान्त्रिक भनिने पार्टीमा बिधि बिधान र नीति नियममा कहिल्लै पनि छलफल, बहस र चिन्तन गरेको देखिदैन। क्षमतावान, बौद्धिक र नयाँ पुस्तालाई पार्टीमा स्थान दिने आकर्षण गर्ने र छलफल गर्ने परिपाटीको बिकास कहिल्यै पनि गरेको देखिदैन। कुनै पनि नयाँ पद्दति र राष्टिय महत्वपूर्ण विषयमाथि कहिल्लै पनि पारदर्शी छलफल र बहस गरेको देखिदैन। आन्तरिक लोकतन्त्र र लोकतान्त्रिक समाजबाद खाली हात्तीको देखाउने दात मात्र भएको छ। अब यो १३ औ महाधिवेशनमा पार्टी र देशको सम्मुनत भबिष्य चाहने हरेक उर्जावान र परिबर्तनशिल हरेक कांग्रेसका सदस्यहरुले एकपटक विपीले भन्नुभए जस्तै एक मुठी माटो हातमा राखेर सोच्ने बेला आएको छ। अब पनि पुरानै ढर्रामा पुरानै सोच र गतिमा कांग्रेसलाई अगाडी बढाउने हो र उही पुरानै नेताहरुको पछि लाग्ने हो भने कालीदाश जस्तै रुखको टुप्पोमा बसेर फेदमा बन्चरोले हान्ने बाहेक अरु केहि हुने छैन। अब नयाँ, क्षमतावान, उर्जावान र स्पस्ट दृस्टीकोण भएको नयाँ नेतृत्व चयनको विकल्प नेपाली कांग्रेसमा छैन। बिपी कोइराला ३५ वर्षको उमेरमा पार्टी सभापति बनेका थिए र ४३ वर्ष को उमेरमा देशको प्रधानमन्त्री बनेका थिए। मदन भण्डारी ४१ बर्षको उमेरमा नेकपा एमालेको महासचिब बनेका थिए। बेलायतका प्रधानमन्त्री डेबिड क्यामरुन ४१ बर्षको उमेरमा प्रधानमन्त्री बनेका हुन्। बाराक ओबामा अमेरिकाको सबैभन्दा कान्छो उमेरमामा राष्ट्रपति बनेका हुन्। यो समयमा देश र पार्टीलाई परिबर्तन गर्न सक्ने दृढ अठोट र योजनाका साथ अगाडी बढ्न सक्ने नयाँ नेतृत्व स्थापित भयो भने मात्र नेपाली कांग्रेस यो देशको नेतृत्व गर्न लायकको पार्टी हुने छ। यसका लागि नेपाली कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ जस्ता नेताहरु जनताबाट स्थापित हुँदै जानुपर्ने आवश्यकता खड्किएको छ। किनकी उनीहरु जनताले मन पराएका र आशा अनि बिश्वास गरिएका नेता हुन्। अहिले धेरैले धेरै यूवा नेताहरुमाथि खाली भाषण र गफ मात्र गर्ने गरेको भनेर आलोचना हुनेगर्छ। तर यो खाली आलोचनाको लागि गरेको आलोचना मात्र हो। किनकि देशको आमुल परिबर्तन गर्न र देश र पार्टीलाई हाक्न पार्टीको वा देशको कार्यकारिणी तहमा नपुगी सम्भब नै छैन। किनकि एउटा केन्द्रिय सदस्य, सभासद वा मन्त्री हुँदैमा यो देशको आमुल परिबर्तन सम्भव छैन।
नेपाली कांग्रेसको तुलनामा कमसेकम अरु पार्टीहरुमा युवाहरु माथिल्लो तहमा पुगेका छन् तर नेपाली कांग्रेसमा सिमित नेताहरु पारिबारिक बिरासत र गुटको कारण मात्र नेतृत्व तहमा पुगेका छन् त्यो पनि निर्णय तहमा हैन। अहिलेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि कैयौ माथिल्लो तहका नेताहरुलाई उछिन्दै प्रधानमन्त्री बनेका छन् र उनैको नेतृत्व क्षमताका कारण भाजपाको नेतृत्वमा सरकार बनेको छ। यो १३ औ महाधिबेशनमा नेपाली कांग्रेसका युवा नेताहरुले अब कुनै पनि नेताको पछाडी लागेर आफ्नो भबिस्य देख्ने हैन आफै नेतृत्वमा साहसका साथ दाबी गर्ने हो। युवा भन्दैमा उमेरले मात्र युवा बनिने हैन यो त सोच, क्षमता र दृष्टिकोणले निर्भर हुने हो। अघि माथि उल्लेख गरे जस्तै अहिले जति पनि नेताहरु नेपाली कांग्रेस नेतृत्वमा दाबी गरेका छन् उनीहरु सबैले अवसर प्राप्त गरि सकेका छन् र उनीहरुमा उदाहरणीय काम गरि यो देशको आमुल परिबर्तन गर्ने स्पस्ट त्याग, समर्पण र कार्ययोजना भने छैन। त्यसै कारण अबको महाधिबेशन आमुल परिबर्तनलाई आत्मसात गर्दै यो देश को बिकाश र समृद्धीको बाहक बन्न सक्ने नेता अगाडी आउनुको विकल्प छैन। सायद यो अभियान असम्भव र अनौठो लाग्ला आखिर हरेक असम्भवबाट नै सम्भावनाको ढोका खोल्ने हो र त आज संसारमा यती धेरै बिज्ञान र प्रबिधिको बिकास सम्भव भनेको छ। चन्द्र शमशेरले १०५ वर्ष पहिले दक्षिणकाली फर्पिङमा जलबिद्युतबाट बिजुली निकाल्दा दक्षिण एसियाका कुनै पनि देशमा जलबिद्युतको सुरुवात भएको थिएन तर आज हामी विश्वको दोश्रो ठुलो जलश्रोतको धनी देश भएर पनि दैनिक १५-१६ घण्टाको लोडसेडिङ बेहोर्दैछौ। नेपाल दक्षिण एशियाकै दोस्रो गरिव राष्ट्र बन्न वाध्य छ। हामीसगैं बिकास र प्रगतिमा लम्केका छिमेकी राष्ट्र चीन र भारत विश्व अर्थतन्त्रको उदियमान राष्ट हुदै गर्दा पनि हामी हरेक साना साना कुराहरुमा पनि उनीहरुकै मुख ताक्दै छौ। जबसम्म हरेक पार्टीमा क्षमतावान नेतृत्व परिबर्तन हुदैन तबसम्म हाम्रो देशको बिकास र समृद्धी हाम्रो इच्छा र चाहनामा मात्र सिमित हुने छ। आगामी फाल्गुनमा हुने नेपाली कांग्रेसको महाधिबेशनमा परिवर्तनको चाहना राख्ने सबै काँग्रेसजनहरुको प्रतिनिधित्व गर्दै काँग्रेस नेता गगन थापाले सभापति उठ्नु जरुरी छ। त्यस बाहेक अरु कुनै पदमा उठ्नु भनेको उही पुरानो पुस्ताको पुरानो चिन्तन र दिक्षीत विचारलाई नतमस्तक भएर रमिते बन्नु मात्र हुनेछ। अर्को ५ वर्ष नेपाल र नेपाली कांग्रेसको भबिष्य पछाडी पार्नु मात्र हो।
धेरैले भन्ने गरेका छन् अहिले जराजरामा कांग्रेसको गुट विभाजित छ त्यसैले यो सम्भव छैन्। यो भन्नु भनेको परिबर्तन र समृद्धी चाहने सबै आम नेपाली कांग्रेसका सदस्यहरु जसले अघिल्लो महाधिबेशनमा सबैभन्दा धेरै मत दिए उनीहरुको अबमुल्यन हो। अबश्य पनि यो पटक सबैले चिन्तन र मनन गर्ने नै छन्। यदी पुरानै सोच र ढर्रामा कांग्रेसलाई छोड्ने हो भने अहिले जसरी यो देशमा दुई तिहाइ कम्युनिष्ट पार्टीहरुको बर्चस्व छ त्यो क्रम अझै बढ्ने छ र कुनै दिन नेपाली कांग्रेसको अवस्था खस्कदै अहिलेको राप्रपा, प्रजापरिषद जस्तो बन्दा त्यसको जवाफ कसैसँग हुने छैन। भगवान गौतम बुद्धले आफ्नो उपदेसमा " शंघम शरणम गच्छामी " भन्ने कुरामा कुनै पनि संघ बलियो, राम्रो र भरपर्दो हुनमा ३ वटा कुरामा बिशेष जोड दिएका छन्। बुद्धले संघको नीति राम्रो हुनु पर्छ अनि त्यसको नेतृत्व राम्रो हुनु पर्छ र अन्तिममा त्यसलाई आत्मसात गर्ने कार्यकर्ता राम्रो हुनुपर्छ भनेका छन्। आज संसारका जति पनि छोटो समयमा तीब्र बिकासको फड्को मार्दै बिकसित र समृद्ध राष्ट्र बनेका छन् ति सबै देशको असल नेतृत्व, नीति र मिहिनेत गर्ने जनताको कारण सम्भव भएको हो। एउटा महत्वपूर्ण कुरा कुनै पनि देशको आमुल परिबर्तन हुनको लागि जहाँ पनि जहिले पनि समान गती र तरिकाबाट सम्भव हुँदैन यसको लागि नयाँपन र नयाँशैलीको जरुरी पर्दछ। यो बिज्ञानको नियम नै हो। हुनत यो बहसको आरम्भ गर्दा जो जो अहिले नेपाली कांग्रेसको उम्मेद्वारको लागि आकांक्षी छन् र भबिष्यमा नेतृत्व गर्न चाहन्छन् उनिहरु सबैलाई अपाच्य र अप्रिय लाग्न सक्छ। तर अमेरिकामा बारक ओबामा र बेलायतमा डेबिट क्यामरुन अनि भारतमा नरेन्द्र मोदीले धेरै माथिल्लो तहका नेताहरुको सम्मान गर्दै देश हाँकेका छन् र अरु सबैले साथ दिएका छन्। अहिले पनि नेपाली कांग्रेसका बरिष्ठ र पाका नेताहरुले पनि अभिभाबक र सल्लाहकारको भूमिकामामा बस्दा देश र पार्टीलाई धेरै राम्रो हुन्छ र युवा नेताहरु जो भबिष्यमा नेतृत्व तहमा स्थापित हुन चाहन्छन् उनिहरु सबै एकजुट हुनुपर्छ। बिधानमा स्पस्ट नेतृत्वको कार्यकालको व्यवस्था हुनुपर्छ ताकी पार्टीको एउटा तहमा बढीमा २ पटक भन्दा बढी उही पदमा रहन नपाउने व्यवस्था हुनुपर्छ किनकि नयाँ र सक्षम पुस्ताले अवसर प्राप्त गरुन। पार्टी र देशले नविनतम सोच र विचार सहितको नयाँ पार्टीको महसुस गर्न पाओस्। अनि मात्र बन्नेछ २००७ सालको अनि २०४६ सालको परिबर्तन र बिकास को सम्बाहक कांग्रेस। अनि मात्र यो देशले फेर्ने छ नयाँ काँचुली। नत्र विश्व धेरै अगाडी बढीसक्ने छ हामी भने भगवान पशुपतिनाथलाई सराप्दै अनि छिमेकि देशहरुलाई गाली गर्दै र एकआपसमा दोषारोपण गर्दै बस्ने छौ। क्षमतावान, युवा पुस्ता बाहिरिने छ र चाकडी चाप्लुसी अनि नाताबाद र कृपाबादले देश र पार्टीहरु चल्नेछन्। त्यसैकारण नेपाली कांग्रेसका आम सदस्यहरुले यो १३ औ महाधिबेशनमा संकल्प गर्ने बेला भएको छ। यो देशको समृद्धी र परिबर्तनको लागि समयको सहि सदुपयोग गर्ने बेला भएको छ।