arrow

सम्पदा क्षेत्रबाट उत्पादित फोहोर व्यवस्थापनमा निकायगत साझेदारी गरिने

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
bidhsundar.jpg

काठमाडौं । २०७२ सालमा भूकम्पको कम्पनले भत्किएका सम्पदा क्षेत्रबाट उत्पादन भएको फोहोर संरचनागत फोहोर व्यवस्थापनमा निकायगत समन्वय शुरु गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन्। त्यसवेला भत्किएको धरहराको सबै र अन्य केही सम्पदाको संरचनागत फोहोर टुँडिखेलको दक्षिण कुनामा थुपारिएको थियो । त्यो फोहोर अव कसरी तह लगाउने आइतबार महानगरमा सम्पन्न सरोकारवाला अधिकारीको वैठकमा प्रमुख शाक्यले यस्तो बताएका हुन्। 

सम्पदा क्षेत्रको फोहोर भएको हुनाले यसका केही भागहरु कुनै समयमा खोजी हुन सक्छ, त्यसलाई जोगाउनु पर्छ, वैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको भनाइ थियो । काम गरेर परिणाम निकाल्दा विधि र प्रक्रिया पूरा गरेर अघि बढ्नु पर्छ, यसले सम्भावित मतभेद कम गराउँछ, बैठकमा महानगरका कार्यकारी अधिकृत धनीराम शर्माको भनाइ थियो । 

भूकम्पका समयमा भौतिक संरचना हटाएर मानवीय सुरक्षा कायम गराउने काम प्राथमिकतामा थियो । अहिले भूकम्पको प्रभाव घटिसकेको छ । त्यसैले अव भूइचालोकाकारण उतपादन भएको संरचनागत फोहोर तह लगाएर सहरी सुन्दरता कायम गराउनु पर्छ- तर यो काम कसरी गर्ने भन्ने समस्याको निक्र्यौल गर्न बैठकको आयोजना गरिएको थियो । 

यो प्रारम्भिक वैठकले टुँडिखेलको दक्षिण कुनामा थुपारिएको फोहोर पुरातत्व विभाग, नेपाली सेनालगायत सम्पदा र सहरी व्यवस्थापनमा आकर्षित हुने निकायको समन्वयमा काम अघि बढाउने निर्णय गरेको छ ।

काठमाडौंमा पशुवधशालाको विकल्पबारे वैज्ञानिक विश्लेषण 

त्यस्तै शाक्यले काठमाडौंबासीलाई स्वच्छ एवं गुणस्तरीय मासुजन्य खाद्यवस्तु उपलब्ध गराउन क्षेत्राधिकारको एकिन र सम्पन्न कामको उपलब्धी नतिजा विश्लेषण गर्न जरुरी रहेको बताए । आइतबार पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जि. सि. सँगको भेटका क्रममा मेयर शाक्यले  यस अघि सरकारले व्यवसायीलाई जग्गा किन्न लगाएको तर त्यस क्षेत्रमा वधशाला चलाउन नदिएको स्थानीय गुनासो सुनाएका थिए । 

परम्परागत वधशाला तथा मासुको कारोवार र प्रविधिजन्य मासु उत्पादनको लाभ लागत अव व्यवसायीका वीचमा बसेर छलफल गर्नु पर्छ, मेयर शाक्यको भनाइ थियो । वैठकमा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले मन्त्रालयको कुल ९ अर्व रुपैयाँ बजेटमध्ये ३ अर्व स्थानीय तहमा जाने बताउँदै यसरी प्राप्त वित्तिय समानीकरण अनुदानमा स्थानीय सरकारले आफ्नो पनि बजेट मिसाएर पशुवधशालाको आधुनिकीकरणमा खर्च गर्न सक्ने बताए । 
   
वैठकमा मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले काठमाडौंलाई धान्ने राँगा भैसीको आधुनिक वधशाला काठमाडौंबाहिर भएको जनाउँदै त्यहाँ सरकारको उपस्थिति नभएकोले माग आपूर्तिको चक्रमा जोड्न नसकिएको धारणा राखेका थिए । 

सो अवसरमा महानगरको सामाजिक विकास तथा जनस्वास्थ्य विभागका प्रमुख बद्रीबहादुर खड्का र सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले विधि व्यवस्थापन गर्न नसकेर परिणाम हात लगाउन नसकिएको बताएका थिए। वैठकमा काठमाडौंलाई आवश्यक पर्ने मासुजन्य खाद्यबस्तुको उपलब्धताकालागि काठमाडौभित्र र बाहिर के के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ