arrow

'भारत-भुटानको मित्रताले चीनलाई जहिले खसखस' : न्यूयोर्क टाइम्स

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
hasa_camp_in_bhutan.jpg

एजेन्सी । अमेरिकी पत्रिका  ‘द न्यूयोर्क टाइम्स’ का  अनुसार भुटानले छिमेकी तिब्बतमाथि चीनले कसरि कब्जा गर्‍यो भन्ने  देखेको छ । त्यसैले  डोकलाम विवादमा सुरुवातदेखि नै भुटान भारतसँग रहेको छ । न्यूयोर्क टाइम्समा छापिएको यो लेखले डोकलामको पठारलाई लिएर  जारी गतिरोधको कारण चीनको अतिक्रमण भएको  बताएको छ ।

 बेजिङ कुनै पनि प्रकारले  भारत र  भुटानको मित्रतामा दखल पुर्‍याउन चहान्छ तर चीनको कुनै षड्यन्त्र  सफल भने  भएको छैन । किनकि  भुटान भारतको पक्षमा उभिएको छ ।   चीन सन् १९९८ देखि लगातार भुटानसँग कुनै प्रकारको सम्बन्ध विस्तार गर्ने प्रयत्नमा रहेको छ ।  तर पछिल्लो १९ बर्षदेखी भुटानलाई लोभ्याउने प्रयत्नन असफल भएको लेखमा लेखिएको छ ।

न्यूयोर्क टाइम्समा यो लेख 'स्कुइड बाई एन इन्डिया - चाइना स्टन्डअफ,  भुटान होल्ड इट्स ब्रेथ' शिर्षकमा  सार्वजनिक भएको छ  ।  स्टिभन ली मेयर्सले लेखेको यो लेखमा , 'भारतको लागि भुटान रणनीतिक रुपमा महत्वपुर्ण छ , साथै भुटानको लागि भारत  एक अवश्यकता हो ।  भुटान कुनै पनि सर्तमा  तिब्बत जस्तो  बन्न चाहादैन , त्यसैले  सधै भारतको पक्षमा रहेको छ । सो स्थानमा भारतीय सेनाको उपस्थितिले भुटान चीनदेखि सुरक्षित महसुस गर्दछ ।' भनेका छन् ।  

 १६ जुन देखि सुरु भएको सो विवाद अन्त्य हुने  छाटकाट देखिदैन  ।  चीन सिक्किम क्षेत्रको डोकलाम इलाकामा सडक बनाउँन चाहान्छ । डोकलामको पठारमा चीन, सिक्किम र भुटानको सीमा जोडिन्छ । भुटान र चीन सो इलाकालाई आफ्नो भएको दाबी गर्छन् ।  भारत भुटानलाई सहयोग गर्दैछ। भारतमा सो स्थानलाई डोकलाम र चीनमा डोंगलोंग भनिन्छ।    करीब ३ महिना देखी सो क्षेत्रमा भारत र चीनका सेना आमने-सामने रहेका छन् ।

लेखमा भारतीय सेनाले पछिल्लो कयौ दशक देखि भुटानको हाकस्बामा सैन्य  प्रतिष्ठान बनाएको बताइएको छ । सो सैन्य  प्रतिष्ठानबाट भारतले  सैन्य प्रशिक्षण दिने गरेको छ । साथै त्यहा तोपखाना पनि रहेको छ ।  हाकस्बा भुटान-चीनको विवादित सिमा देखि २१ किलोमिटर टाढा पर्दछ ।  

 'प्रतिष्ठान बाहेक सो स्थानमा सैन्य अस्पताल र  गोल्फ कोर्स पनि रहेको छ । यो सबैबाट भारतिय सेना हिमालयको क्षेत्रमा रहेको भुटानलाई सुरक्षा दिइरहेको छ । '

लेखमा , 'एक तर्फ अमेरिक र उत्तर कोरियाबीच युद्धको कुरा छ भने दोस्रो  तर्फ सबै भन्दा ज्यादा जनसंख्या भएको चीन र भारतबीचको  संघर्ष छ । दुवै देशहरुबीच सन् १९६२ मा  सीमा विवादका कारण युद्ध भएको थियो ।  अहिलेको परिस्थितिमा एक तर्फ ठुलो महात्वाकांक्षा छ भने दोस्रो तर्फ  धेरै राष्ट्रवाद। यहि कारण पनि युद्ध हुदैन भनेर भन्न सकिन्न ।'
 
'भारत र भुटानको मित्रता पुरानो र  घनिष्ठ छ । भारतको भुटानमा उपस्थिति निकै मजबूत रहेको छ र भारत त्यसलाई कायम राख्न चहान्छ । भारत चीन यो सानो देशमा आफ्नो प्रभाव बडाएको हेर्न चहादैन ।  परमाणु सम्पन्न दुवै देशबीचको  यो गतिरोध भुटानको प्रभुत्व रहेको क्षेत्रमा भएको हो ।  भुटानमा ८ करोड जनसंख्या रहेको छ भने देशको समृद्धि 'ग्रस नेशनल हेप्पीनेस' को सिद्धान्तबाट मापन गरिन्छ । '

'भारतले भुटानमा उसको कार्वाही चीनको अतिक्रमण बिरुद्ध रहेको बताएको छ । भारतले सो काम  भुटानको  कृतज्ञता पाउने मन्सायमा नगरेको बताएको छ ।  भने अर्को तर्फ कयौ  भुटानी नागरिक भारतको सुरक्षाको नाममा दमन गर्दैछन्  भन्ने सोचेका छन् । '

 'भुटानको राष्ट्रिय सभामा विपक्ष नेता पेमा ग्यामत्शोले यदि  भारत र चीनबीच युद्ध भए हामि सेन्डविच जस्तो हुने टिप्पणि गरेका छन् । यस स्थितिमा भुटानको लागि कुनै विकल्पको कुरा हुदैन । भुटानको सम्बन्ध भारत र चीन दुवैसँग रहेको छ तर यो समय फरक छ । पछिल्लो कयौ दशकदेखी भुटानले भारतको मित्रता स्विकार गरेको छ । । ६५ बर्ष भन्दा ज्यादा समय पहिले भुटानले चीनको कम्युनिस्ट पार्टीका सेनाले छिमेकी तिब्बतमाथि  कब्जा गरेको देखिएको छ । तिब्बतसँग हाम्रो  सांस्कृतिक र धार्मिक सम्बन्ध छ । '

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ