arrow

पाकिस्तानमा हिन्दू धर्म : सिन्धु घाँटी र मोहन जोडादो कसरी जोडिन्छ हिन्दूसँग ?

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
mohan_jodaro1.jpg

काठमाडौं । हिन्दू शब्द पाकिस्तानको सिन्धु (इण्डस) नदीको नाम परिवर्तन हुँदै बनेको शब्द हो । यो शब्द इण्डस नदीको पूवी किनारको जमिन (भारत पट्टीको जमिन) बताउन पहिले रसियनहरुले प्रयोग गर्थे । सिन्धु नदीको बारेमा महाभारतमा पनि प्रयोग गरिएको छ र दक्षिणी पञ्जावको मिथानकोटको आसपासमा सिन्धको एउटा राजधानी रहेको बताईएको छ ।

यहाँका वासिन्दाहरुलाई सिन्धुहरु भनिन्थ्यो । अरेवियनहरुले यस क्षेत्रमा यस क्षेत्रलाई अल हिन्द भन्ने गर्थे । हिन्दू धर्मका पुरातन अनुयायीहरु सिन्धु नदी र यसका शाखा नदीका किनारा क्षेत्रबसोबास गर्ने गरेको बेलादेखि नै यहाँका जनताहरुलाई हिन्दू भन्न थालिएको थियो ।

हिन्दू धर्म भन्ने शब्द १९ औं शताब्दीतिरका मानिसहरुले बढी प्रयोगमा ल्याउन थालेको पाईन्छ । यस भन्दाअघि हिन्दू धर्मलाई आर्य धर्मको रुपमा मान्ने गरिएको थियो । हिन्दू धर्म संसारकै पुरानो धार्मिक परम्परा मध्ये पर्दछ । हजारौं  वर्ष अगाडि ऋषिमुनीहरुले पवित्र गीत तथा भजनहरु गाउने गर्दथे । र ती भजनहरु ईश्वरका प्रेरणाबाट प्रस्फुटित भएको हिन्दूहरु आफ्ना देवताहरुमाथि विश्वास गर्थे ।

हिन्दू धर्मप्रति आस्था राख्ने प्रचलन प्राग ऐतिहासिक कालदेखि नै सुरु भएको मानिन्छ । विशेषगरी सिन्धु उपत्यकाको सभ्यता अर्थात् काँस प्रयोगको सभ्यता (इशापूर्व ३३००–१३००) बेला खास खास मूर्तिहरु संकेतहरू जस्तै स्वस्तिक चिह्न, हिन्दू धर्म हिन्दूहरुसँग सम्बन्धित रहेको छ ।

त्यस्तै, पशुपति (जनावरहरुको मालिक) मोहन जोडादोबाट प्राप्त छापको डाममा बसेको देखिने बसेको मान्छेको आकारलाई योगी वा सम्भवतः शिवको प्रतिनिधित्वको रुपमा लिने गरिन्छ । इण्डस वा सिन्धु उपत्यकामा आगोको वेदी होमखाडीहरु भेटिएको र हडप्पामा गरिएका अनुसन्धानहरुले यसै कुरालाई पुष्टि गरेको छ ।

हिन्दू धर्मले बैदिककालदेखि नै परिभाषित धार्मिक परम्पराको आकार लिईएको पाईन्छ । (इशापूर्व १५००–५००) जुनबेला चार वटा महत्वपूर्ण नियमगत ग्रन्थहरु संकलन गरिएका थिए । अर्थात् ‘श्रुति जसलाई आत्मिक ज्ञानभित्रबाट सिधै देख्न सकिन्छ वा सुनिन्छ ।’ यिनलाई नै लिखित रुपमा उतारिएको थियो भनिन्छ । ती हुन् – ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग्वेद यस उपमहाद्वीपको उत्तर पश्चिममा लेखिएको थियो र त्यो क्षेत्रमा हालको पाकिस्तान समेत पर्दछ । त्यसैगरी धेरै धार्मिक र पवित्र पुस्तकहरु ग्रन्थहरु, धार्मिक महाकाब्यहरु, कथाहरु संकलन गरी पुस्तकको रुप दिईएका थिए ।

सुरु सुरुका परम्परा चालचलन सम्बन्धी अध्ययनहरु पनि पञ्जाव वरिपरी नै गरिएको पाईन्छ । जस्तै, राजा रिसालु थिए । उनको पञ्जावका दुई शहरहरु राजाका जुम्ल्याहा छोराहरु लव र कुशले स्थापना गराएका हुन् भन्ने कुरा कथामा बताईन्छ । ती शहर लाहोर लवले र कसुर शहर कुशले स्थापना गरेको भनिन्छ । सप्त सिन्धु सात नदीको जमिन, भूमि (इण्डस र पञ्जावमा यसका शाखा नदीहरु) र सिन्ध नदी पौराणिक हिन्दू ग्रन्थहरुमा समेत उल्लेख गरिएको छ । महाभारतमा पञ्जावलाई आरता भनेर बताईएको छ । भने सिन्ध र यहाँका वासिन्दाका अतिरिक्त बहिल्का भनिएको छ ।

हिन्दू धार्मिक ग्रन्थहरुमा गन्धारका बासिन्दाहरुका बारेमा समेत चर्चा गरिएको पाईन्छ । पाण्डव दाजु भाईहरुले आफ्नो १४ वर्षको प्रवाशकाल मध्ये केही वर्ष कटसराज स्थित मन्दिरहरुमा विताएका थिए । त्यसैले हिन्दू धर्म हिन्दू धर्म पाकिस्तानको यस क्षेत्रको मौलिक स्वदेशी धर्म हो र यो वैदिककालको सभ्यताको रुपमा विकसित हुँदै आएको हो । पछि यो धर्म गंगाको मैदान लगायतका भूभागहुँदै नेपालमा पनि फैलिएको हो ।

(यो आलेख डा सफ्दर अलि शाह  र सइद जावेद ए काजीले संयुक्त रुपमा लेखेको ‘पाकिस्तानका हिन्दू धार्मिक सम्पदाहरु’ नामक पुस्तकबाट साभार गरिएको हो ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ