मुलुकको ठुलो र लामो राजनैतिक ईतिहास बोकेको राजनैतिक शक्ति नेपाली काँग्रेस महाधिवेशनको सम्मुखमा छ। पार्टी भित्रका आन्तरिक संरचनाहरुलाई एक ठाउमा थन्काएर मात्र भन्ने हो भनेपनि विविध कानुनी र नैतिक बाध्यताका बाबजुद पनि चार पटक सम्म सरेर बल्ल महाधिवेशन हुने मितिसम्म आईपुगेको यो बुढो दलका आफ्नै निश्चित मान्यता, परम्परा, वैधानिक अभ्यास र त्यस्ता केही स्थापित नजिरहरु पनि पक्कै होलान तर लामो समयपछी खासगरी भातृ संस्थाहरुलाई अलपत्र पारेर हुन गईरहेको गाँउ, नगर, क्षेत्र जिल्ला तथा राष्टिय महाधिवेशनमा २००७ सालमा योगदान गरेको पुस्ता र अस्ति भर्खरै ७० को निर्वाचनताका पार्टीलाई सहयोग गरेकाहरुको पदको हिसाब किताब हुने देखिन्छ।
यसपालीको काँग्रेसका सवै तहका अधिवेशनहरु केवल केही दर्जन मानिसहरुलाई पद र जिम्मेवारीमा आसिन गराउने मात्र होईन असल, सक्षम, इमान्दार र समाज र दुनियाले केही कुरा अनुसरण गर्नसक्ने नेतृत्व र युग अनुकुल दृष्टिकोण, कार्यन्वयनको दृढ इचछाशक्ति र साम्थ्र्यवान नेतृत्व स्थापित गर्नेतर्फ तपाई हामी पछिल्लो पुस्ताले बडो जिम्मेवार ढंगले सोच्न र लागिपर्न जरुरी छ। केही समय पहिले जिल्लामा आयोजित पार्टीको आन्तरिक छलफल कार्यक्रममा हाल गतिलो पदमा रहेका एकजना नेताले भन्दै थिए जिल्ला अधिवेशनमा तपाईहरुले सोच्नु भा होला पुरा विधानका पाना र खेस्रा केलाएर सम्पन्न हुनेछ तर अँह त्यो भ्रमबाट मुक्त हुनु होला यसका केही निश्चित मान्यता, परम्परा र नजिरहरुका आधारमा हुनेछ। तर नजिर र परम्परालाई पछयाउने नाममा केही खल्तीका नामहरु पारित गर्नकै खातिर विधान मिचेर जान तपाई जस्तो पद र पदको गरिमा नबुझेको तर सवथोक आफै हु भन्ने बुझेकोलाई दिईने छैन।
यदी नेपाली काँग्रेसको स्थानीय, जिल्ला हुदै केन्द्रिय नेतृत्वमा आउने जो कोही पनि भोलिका दिनमा उही यो यताको उ उताको र ६० अनी ४० को मानसिकताबाट माथी उठन सकेन भनौ हिजो शेर बहादुर र शुसिललाई मत दिएकै आधारमा हेला होचो र आफ्नो बिरानोको व्यवहार कार्यकर्तालाई गर्यो भने अवश्य त्यो नेतृत्वलाई वर्तमान नेतृत्वले भोगेको भन्दा बेशी अप्ठयारो पर्ने छ उसको कार्यकाल र कार्यसम्पादनमा। अझ भनौ काँग्रेसको र लोकतन्त्रको सुदुर भविश्यको लागीनयाँ सोच, सृर्जना, दृष्टिकोण र निति स्थापित गर्न सकेन र कुनै नया र व्यवहारिक कार्यान्वयनको तहमा आफुलाई देखाउन सेकेन भने नयाँ नेतृत्व मात्र असफल हुने छैन काँग्रेस र लोकतन्त्रमा मुलुक र जनताको भविश्य खोज्दै हिडेका भविश्यबेत्ताहरुलाई समेत यसले अलपत्र पारिदिनेमा दुईमत छैन्।
हुनत काँग्रेसमा मात्र होईन समग्र राजनितिमा अहिले योगदान, त्याग, तपस्या, बलिदान र गरेको दुखको मुल्य हराईसकेको छ तर म आसन्न जिल्ला अधिवेशनमा रुकुममा काँग्रेसमा आर्कषक मानिने महाधिवेशन प्रतिनिधि पद हत्याउनका लागी काँग्रेससंग गोरु बेचेको साईनो समेत नभएका, मतदाता नामावली नभएका, नामावली भएर पनि आफ्नो उम्मेदवारलाई मत नै नदिएका, विपक्षी उम्मेदवारसंग साठगाँठ र जिताउन भुमिका खेलेका, क्रियाशिल सदस्यता नै नभएका र आफ्ना उम्मेवारको कार्यक्रममा विपक्षीहरुसंग साँठगाठ गरेर आन्तरिक कार्यक्रमवारे सुचना सार्वजनिक गरेका, घरकै मान्छे उम्मेदवार हुदा जिल्ला नटेकेका, पार्टीको आन्तरिक जीवनका सुख दुखमा एक दिन टेडो आँखाले समेत नहेरेका बरु जिल्लाबाट आएर भातको खोजिमा सुन्धारा, बसपार्क क्षेत्रतिर बरालिएर हिडनेहरुलाई रासन पानीको व्यवस्था गरिदिएको भरमा यतिवेला गएर महत्वपुर्ण पदमा दाबी गर्ने गर्नका लागी जिल्लामा कसैले घर बनाउने त कसैले घडेरी समेत खरिद गर्ने काम भईरहेको छ। तर यो कुरा ख्याल गर्नुहोस। तपाईहरुले मानौ पार्टीको नाममा तपाईहरुको दैलोमा माग्दै हिडने केही मानिसहरुलाई गच्छेअनुसार भेटी दान गर्नु भएकै होला र छ पनि। यसै आधारमा जिल्ला स्तरमा पद माग्ने र पद हत्याउने सपना सोच्नु भएको हो भने कष्ट नर्गनु होला बरु ककसले तपाईबाट पार्टी संगठन र कार्यकर्ताको नाममा दान भेटी लिएका छन त्यो असुल उपर गर्नतिर लाग्नु होला। अन्यथा हामी हिजो बन्दुकको गोली र खुकुरीको धार गर्दनको दुबैतर्फ उज्याउदा समेत काँग्रेस भनेर दुख कष्ट सहेर, आफन्तजन, प्रियजन गुमाएका, सम्पति गुमाएका वैचारिक आस्था र धरातलकै कारण आन्तरिक विस्थापन र स्वजनबाट टाडा भएर व्यक्तिगत स्वार्थ र समृद्धीलाई लात हानेर हिडेकाहरु, गाउका विद्यालयमा सरकारी शिक्षा पढेकै कारण माओवादीबाट गाईको मासु बोकाइएर मंगलसेन र बेनी हिडन बिवश पारिएकाहरु त्यसै बसेर ताली हानेर कसैका खल्तीका निर्णय र नामहरु पारित हुन दिने अवस्थामा छैनो।
यदी तपाईहरुलाई काँग्रेस प्यारो लाग्दछ र काँग्रेसको समिप बस्न सारै मन छ भने तपाईहरुले अगाल्नु भएको काम अनुसारका पद र कमिटीहरु बनाउला र त्यतै बस्न तयार हुनुहोला। अन्यथा पार्टीका खातिर एघार महिना २९ दिन गाँउमा, जिल्लामा बसेर कष्ट सहने, पार्टी जीवनका धेरै दुख र अप्ठयाराहरुमा काँग्रेसको चारतारा अंकित झण्डा बोक्न नछोडने हामी अनी पदको अत्तो र खोचे थाप्ने तपाईहरु हो भनी बुझ्नु भएको हो भने त्यो बडो सोझो बुझाई हो महाशय। हामी पार्टीको खातिर हमेसा सुखमा होईन दुखमा, समस्यामा, पिडामा, अप्ठयारोमा साथसाथ रहने, पार्टीकै लागि आँखामा तेजाव खन्याउदा समेत श्रीमतीको बैसाखीको सहारमा बाच्न बिवश गोपाल प्रसाद शर्मा र उनको परिवारका सदस्यहरु, नैनसिंह दमाई, नरजित बस्नेत, नन्द बिष्ट, प्रेम प्रकाश ओली, मनमोहन शाह, गल्बीर बाठा, धर्मजित बाँठा, शेर बहादुर महत लगायत दजनौ अन्य काँग्रेसका लागी प्राण आहुति दिने र रगत बगाउने र उनका परीवारका सदस्यहरु नै हाम्रो रोजाई हुने छन्। किनकी हामीहरुले भुलेका छैनो हामीहरुले काँग्रेसका निम्ति सवथोक गुमाउदा सदरमुकाममा बसेर माओवादीलाई झोलामा पैसा पठाउने र आज अलि सहज परिस्थिति र काँग्रेसको केही उभो गति लाग्ने संकेत देखेर जन्मजात काँग्रेस बन्न खोज्ने नकावधारीहरुलाई।
अर्को कुरा पार्टीमा ल्यारक्याल लामा, रामचन्द्र झा, रमेशचन्द्र ठकुरी जस्ताको आगमान भयो भनेर हेमन्त प्रकाश ओली, लोकेन्द्र विष्ट, लेखराज भटट जसरी पलायनको बाटो रोजिने पनि छैन तिमिहरुको बाटो थुन्न र छेक्न हरपल र प्रयत्न जारी रहिरहने छ।
तपाईहरुलाई एउटा भ्रम छ होला भन्ने मेरो बुझाई छ यो भ्रमबाट पनी मुक्त हुनुहोला। आज पैसाले मात्र सवथोक हुन्थ्यो र पैसा भएकाहरु मात्र राजनितिमा उदय हुन्थे भने शेष घले, जिवा लामीछाने, उपेन्द्र महतो, विनोद चौधरी, राजेन्द्र खेतानकै वरीपरी यो मुलुकको शासन सत्ता र राजनीति घुम्थ्यो होला। सायद बुडयौलीले च्याप्दै गरेका शुसिल कोईराला, कुम हल्लाएर घुर्की लाउने प्रचण्ड, टुक्का मिलाएर हसाउने के.पी ओली, बार्गेनिंगमा जे पनी गर्न तयार हुने गच्छदारहरु गैरआवसिय नेपाली संघहरुमा जोडिएका हुन्थे। दिनेश अधिकारी चरीहरुको दुखान्त र करुणादायी इन्काउण्टर हुन्थेन। मुलुकको शासन र शक्तिको केन्द्रमा चक्रे मिलन, दिपक मनागें, गणेश लामाहरु हुन्थे। बालुवाटार र सिंहदरबार मात्र होईन सिंगो मुलुकभर उनिहरुकै एक छत्र राज हुन्थ्यो जयजयकार नै चल्थ्यो। तपाईको कल्पनाको राजनिति यही होईन त। तर यो सबै गलत छ र गलत सावित भएरै छोडने छ।
(लेखक रुकुम नेविससंघका नेता हुन। )